शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वाभिमान लघुवित्तले १ करोड ८० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने

मङ्गलबार, ०६ कात्तिक २०७५, १० : ३१
मङ्गलबार, ०६ कात्तिक २०७५

काठमाडौँ । स्वाभिमान माइक्रोफाइनान्स वित्तिय संस्थाले सेयर जारी गर्ने भएको छ । 

कम्पनीको दोस्रो साधारणसभाले सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । 

सो अनुरुप कम्पनीले १ करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ । 

यस लघुवित्तको रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको छ । 

३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेपछि कमपनीको चुक्तापुँजी ६ करोड पुग्नेछ । 

चालु आर्थिक वर्षका ७ वटा शाखा थप्ने योजना लिएको कम्पनीको हाल ११ वटा शाखा रहेका छन् । 

हालसम्म कम्पनीको १ हजार ७ सय ५७ शाखा रहेका छन् । 

५१ करोड ऋण लगानी गरेको कम्पनीको वचत संकलन १४ करोड ७२ लाख रुपैयाँ रहेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप