बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हकप्रद भर्न तयार हुनुस् : झण्डै ४ अर्बको हकप्रद सेयर आउँदै, कुन कम्पनीको कति (सूचीसहित) ?

मङ्गलबार, ०६ कात्तिक २०७५, ११ : ४४
मङ्गलबार, ०६ कात्तिक २०७५

काठमाडौँ । विभिन्न कम्पनीले झण्डै ४ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । ती कम्पनीहरुले हकप्रद सेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । बोर्डले अनुमति दिएपछि धमाधम कम्पनीहरुले हकप्रद सेयर निष्काशन गर्नेछन् । 

लघुवित्त, जलविद्युत, विमा कम्पनी, फाइनान्स लगायत कम्पनीले  ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४ सय ५० रुपैयाँ बराबरको ३ करोड ८३ लाख २ हजार ७ सय ४४.५० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछन् । 

बोर्डमा पाइपलाइनमा रहेका केही कम्पनीले १ बर्षभन्दा पहिलेनै निष्काशनको अनुमति मागेपनि बोर्डले हालसम्म दिएको छैन । यद्यपि, बोर्डले समयमै आवश्यक कागजात पेश नगर्नेको निष्काशन ढिला हुने गरेको बताउँदै आएको छ । 

सबैभन्दा बढी अपि पावर कम्पनीले २ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछन् । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले २ अर्ब १० करोड रुपैयाँ बराबरको २ करोड १० लाख कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । 

१ः२ अनुपातमा आउने अर्थात २०० प्रतिशत यस हकप्रदको बिक्रि प्रबन्धकको व्यवस्था सिद्धार्थ क्यापिटलले गर्नेछ । यसले २०७४ असार ३० गतेनै अनुमतिको माग गरेर बोर्डमा आवेदन दिएको हो । 

यता, श्रीराम सुगर मिल्सले पनि ८९ करोड ३ लाख ९४ हजार ९ सय ८१ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्दैछ । कम्पनीले २०७४ बैशाख २८ गते नै बोर्डसँग अनुमति माग गर्दै निवेदन दिएको हो । 

यसले चुक्ता पुँजीको ३०० प्रतिशत हकप्रद जारी गर्नेछ । यसको ८९ लाख ३ हजार ९ सय ४९.८१ कित्ता हकप्रद बोर्डको पाइपलाइनमा छ  । यसको पनि बिक्रि प्रबन्धकको काम सिद्धार्थ कयापिटलले नै गर्नेछ  ।

यस्तै बरुण हाइड्रोपावर कम्पनीले पनि २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्दैछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप