शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छाउपडी बलात्कार गर्न खोज्ने पक्राउ पछि फरार

शनिबार, ०७ साउन २०७४, २० : २२
शनिबार, ०७ साउन २०७४

भूमिराज जोशी

डोटी – डोटीमा रजस्वला भई छाउगोठमा सुतिरहेका बेला बलात्कार गर्न खोज्ने एक जना फरार रहेका छन । शुक्रबार राती ११ बजे डोटी पूर्बी चौकी गाउँ पालिकाका ४८ बर्षिया अमर भूलले २२ बर्षीया बुहारी नाता पर्नेलाई करणी गर्ने खोजेका अमर स्थानीयका फन्दाका परे । 


घर नजिकैको रहेको छाउगोठमा सुतिरहेका बेला बुहारीलाई बलात्कार गर्न खोज्दा पीडित महिलाले कराएपछि छिमेकीहरुले एउटा कोठामा थुनेका थिए । 


स्थानीयहरुले शनिबार नै प्रहरीको जिम्मा लगाउने भनेर राती कोठामा थुनेका पीडक अमर भूल फरार रहेको स्थानीय टीका सिं नेपालीले जानकारी दिए । शनिबार दिनभर प्रहरीले खोज्दा पनि पीडकलाई फेला नपारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप