शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यान्सर पिडितलाई मनपर्दथ्यो पिज्जा, तीन सय २१ किमि टाढा डेलिभरी गर्न पुगे रेष्टुरेन्ट म्यानेजर

मङ्गलबार, ०६ कात्तिक २०७५, १२ : २४
मङ्गलबार, ०६ कात्तिक २०७५

अमेरिकाको मिशिगनमा ‘स्टिव पिज्जा’ रेष्टुरेन्टका म्यानेजरले क्यान्सर पीडित ज्येष्ठ नागरिकलाई पिज्जा पुर्याउनका लागि एउटा शहरदेखि अर्को शहरसम्मको यात्रा पूरा गरे । उक्त रेष्टुरेन्टले डेलिभरीका लागि अर्डर लिने गर्दैन तर १८ वर्षका स्टोर म्यानेजर डाल्टन शेफरले रष्टुरेन्टका वर्षौं पुरानो ग्राहकलाई जन्मदिनमा खुसी दिनका लागि उनको घरसम्म तीन सय २१ किलोमिटर यात्रा गरे ।

वास्तवमा, २५ वर्ष अघि मिशिगनमा बस्ने रिच र उनकी श्रीमती जूली मोर्गन मौका पाउनेबित्तिकै स्टिव पिज्जा जाने गर्दथे । यद्यपी, इन्डियानापोलिसमा घर लिएपछि उनीहरुले त्यहाँ जाने कमै मौका पाए । यसै वर्ष दुबैले रिचको जन्मदिन स्टिव पिज्जामा नै मनाउने निर्णय गरेका थिए तर केहिदिन अघि क्यान्सरका कारण रिचको स्वास्थ्य स्थिती बिग्रियो । डाक्टरले उनीसँग केही समय मात्र बाँकी भएको बताउँदै लामो यात्रा नगर्न सल्लाह पनि दिए ।

जूलीले पिज्जाको तारिफ गर्दै लेखिन् पोष्टः

यस्तोमा एक फोन कलले रिचको स्टिव रेष्टुरेन्टको पिज्जा खाने इच्छा पूरा भयो । रिचकी श्रीमती जूलीले पहिले नै फेसबुकमा स्टिव पिज्जाको तारिफ गर्दै एक पोष्ट लेखेकी थिइन्, ‘हामी विभिन्न शहरमा बस्यौं तर स्टिव पिज्जाभन्दा राम्रो केही पाएनौं ।’

स्टिव पिज्जासँग मागियो एउटा नोटः

जब जूलीका पिता डेविड डाकलाई रिचको रद्द भइसकेको जन्मदिनको योजनाबारे थाहा भयो तब उनले स्टिव पिज्जा रेष्टुरेन्टमा फोन गरे । डेविडले स्टोर म्यानेजरलाई दुबैको कहानी सुनाएर यदि रेष्टुरेन्टले रिच र जूलीका लागि एउटा नोट लेखेर पठाए उनीहरु निकै खुसी हुने बताए । रेष्टुरेन्ट निकै टाढा भएको र डेलिभरीको सम्भावना नभएका कारण आफूले नोटको चाहना गरेको डेविडले बताए ।

यता, फोन उठाउने व्यक्ति १८ वर्षका डाल्टन नै थिए । कहानी सुनेपछि डाल्टनले डेविडलाई फोन गरेर मनपर्ने पिज्जाबारे जानकारी लिए । त्यसपछि उनले आफै पिज्जा तयार गरेर आफ्नो कारमा तीन घण्टा २१ किलोमिटरको यात्रामा निस्किए ।

डाल्टनले साढे तीन घण्टा लामो यात्रा गरेपछि राती करिब दुई बजे रिच र जूलीलाई उनको घर पुगेर सरप्राइज दिए । उनले पिज्जाको पैसा पनि लिएनन् । उनीहरुको कहानी सुनेपछि पिज्जालाई जसरी पनि उनीहरुसमक्ष पुर्याइदिने अठोट लिएको डाल्टनले बताए ।

फेसबुक पोष्टमार्फत लोकप्रिय भए डाल्टनः

गत हप्ताको यो घटनालाई फेसबुक पोष्ट गर्दै जूलीले लेखिन्, ‘हामीलाई संसारमा यस्ता डाल्टनको आवश्यकता छ । यस्ता मानिसहरु जो अरुको खुसीका लागि जे पनि गर्छन् । हामी रिचको क्यान्सरका कारण दुःखी छौं । तर यो घटनापछि हामीलाई लाग्छ कि संसारमा केही राम्रो पनि छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप