शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार खासोग्जीको हत्याको विरोधमा महासंघले साउदी राजदूतावासमा विरोधपत्र बुझायो

मङ्गलबार, ०६ कात्तिक २०७५, १५ : ०७
मङ्गलबार, ०६ कात्तिक २०७५

काठमाडौँ । साउदी पत्रकार जमाल खासोग्जीको हत्याका विरोधमा नेपाल पत्रकार महासंघले काठमाडौंस्थित साउदी अरेवियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ ।

पत्रमा खासोग्जी हत्याको छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।

लेखक तथा अल वतन दैनिकका पूर्वप्रधानसम्पादक रहेका  खासोग्जी गत अक्टोबर २ तारिखमा टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा प्रवेश गरेदेखि वेपत्ता भएका थिए । 

पत्रकार खासोग्जीको महावाणिज्य दूतावासभित्रै हातपातका क्रममा मृत्यु भएको साउदी सरकारले करिव दुई हप्तापछि मात्रै स्वीकार गरेको हो ।

महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघले खासोग्जीको हत्याको घटनाप्रति कडा भत्र्सना गर्दै हत्याको छानवीन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाहीको मागसहित नेपालस्थित साउदी राजदुतावासमार्फत साउदी सरकारलाई विरोधपत्र बुझाएको हो ।’  

पत्रकार खासोग्जीको हत्याको विरोधमा विश्वभर उठेको विरोधका पक्षमा महासंघले ऐक्यवद्धता प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण पनि गरेको छ ।


    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप