अस्ट्रेलियाले लगायो म्यान्मारका पाँच सैनिक जनरलमाथि प्रतिबन्ध
सिड्नी– अस्ट्रेलियाली सरकारले रोहिङ्ग्या जातीय समूहमाथि बर्बर हिंसा मच्चाएको आरोपमा म्यान्मारका पाँचजना उच्च सैनिक अधिकृतविरुद्ध मङ्गलबार प्रतिबन्धहरु घोषणा गरेको छ ।
संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले झैं अस्ट्रेलियाले पाँचै अधिकृतको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको हो । अस्ट्रेलियाका विदेशमन्त्री मराइज पेनले रोहिङ्ग्या मुद्दामा मुख्य रुपमा दोषी ठहर गरिएका अधिकृतहरुमा आङ क्या जा, माउङ माउङ सो, आङ आङ, थान ऊ र खिन माउङ सो रहेको जानकारी दिए ।
ती पाँचैजना अधिकृतलाई अस्ट्रेलिया भ्रमण गर्न पनि निषेध गरिएको छ । यीमध्ये केही अधिकृतले सैनिक सेवाबाट अवकाश पाइसकेको बताइन्छ ।
म्यान्मारको दक्षिणपश्चिम रखाइन राज्यबाट सन् २०१६ मा म्यान्मारको सेनाले करिब सात लाख रोहिङ्ग्यालाई देश छाड्न बाध्य बनाएको थियो । यसक्रममा सेनाले धेरैलाई गैरन्यायिक हत्या गर्नुका साथै बलात्कार र गाउँमा आगजनी गरेको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै