शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चाडवाडको समय पारेर लोन लिँदै हुनुहुन्छ ? ध्यान दिनुस् यी चार कुरा

मङ्गलबार, ०६ कात्तिक २०७५, १६ : ४८
मङ्गलबार, ०६ कात्तिक २०७५

यो चाडवाडको मौसम । बजारमा विभिन्न अफरहरुका साथ नयाँ–नयाँ सामानहरुको खरिद बिक्री तीब्र हुने गर्दछ । यो समय मानिसहरु नयाँ सामान, गाडी र घर खरिद गर्न शुभ मान्छन् ।

त्यस्तै कम्पनीहरुले पनि विभिन्न अफरहरु दिएर सामान खरिदको लागि आव्हान गरिरहेका हुन्छन् । आकर्षक अफरसँगै चाडवाड र त्यसमा पनि फुर्सदिलो समय भएकोले यो समय ग्राहकलाई आकर्षित गर्ने कम्पनीहरुको योजना हुने गर्छ । 

बजारमा आएका नयाँ–नयाँ सरसामानले जो कसैको मन नलोभ्याउने कुरै भएन । यसका लागि हामी लोन लिएरै भएपनि सामान खरिद गर्न तयार हुन्छौं । लोन लिएरै भए पनि आफ्नो एउटा घर, गाडी अनि घरमा नयाँ–नयाँ सामान होस् भन्ने चाहना हुन्छ । यदि तपाई पनि यो बेला लोन लिने योजना बनाइरहनुभएको छ भने यी कुराहरुमा बिशेष ध्यान दिन जरुरी छ ।

धेरै लोन नलिनुस्ः

यो ध्यान दिन जरुरी छकि जरुरत भन्दा धेरै ऋण लिनु सहि हुन्न् । कहिलेकाहीँ लोनमा विभिन्न आकर्षक अफरहरु आउने गरेका छन् । यस्तो अफरको लोभमा नपर्नुस, किनकि तपाई उक्त लोन समयमै तिर्न सक्नुहुन्छ कि हुन्न्, त्यसमा ध्यान दिन जरुरी हुन्छ । लोनको लागि निवेदन दिनुपूर्व उक्त लोनबारे राम्रोसँग अध्ययन गर्न जरुरी हुन्छ ।

अप्लाई गर्नुपूर्व एलिजिबिलिटी चेक गर्नुस्ः

बैंकले तपाईको क्रेडिट स्कोरलाई हेरेरनै लोन दिने गर्छ । कोही व्यक्ति लोनको लागि निवेदन दिनुपूर्व आफ्नो योग्यता जाँच नगरी निवेदन दिन्छन् । यसबाट लोन निवेदन फिर्ता हुने सम्भावना बढी हुन्छ । यसबाट बच्न आफ्नो एलिजिबिलिटी चेक गर्नुपर्छ । यसको लागि घर बसी बसी इन्टरनेटबाट आफ्नो योग्यतासँगै लोनको लिमिट चेक गर्न सकिन्छ ।

क्रेडिट यूटिलाइजेशनः
चाडवाडको समय किनमेलको लागि नगद कारोबारको सट्टा क्रेडिट कार्डको प्रयोग गर्नुस् । यसबाट तपाईलाई बिभिन्न सपिङ्ग मल तथा स्टोरहरुमा डिस्काउन्ट मिल्नेछ र क्रेडिट स्कोर पनि बढ्नेछ । यो समय ख्याल गर्नुस्कि आफ्नो क्रेडिट लिमिटेडको । यदि लिमिटभन्दा ज्यादा किनमेल गर्दै हुनुहुन्छ भनि पहिलेनै बैंकसँग सम्पर्क गरी आफ्नो लिमिट बढाउन सकिन्छ ।

लोन लिनुपूर्व लोनदाता बारे बुझ्न नभूल्नुस्ः 

लोन लिनुपूर्व सबै लोनदाताहरुबारे राम्रोसँग तुलना गर्न नभुल्नुस् । जुन ठाउँबाट कम ब्याजदरमा लोन प्राप्त गर्न सकिन्छ, त्यही लोनको लागि निवेदन दिनुस् । ब्याजदरको साथ साथ लोन टेनर, प्रोसेसिङ फिस, प्रिपेमेन्ट, पेनाल्टी आदिबारे राम्रोसँग तुलना गर्न सक्नुहुनेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप