बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोमन रेइन्सलाई क्यान्सर, त्यागे उपाधि

मङ्गलबार, ०६ कात्तिक २०७५, १७ : ४०
मङ्गलबार, ०६ कात्तिक २०७५

एजेन्सी । डब्लुडब्लुईका स्टार रोमन रेइनका स्टार रोमन रेइन्सले ल्युकेमियाका कारण आफ्नो युनिभर्सल च्याम्पियन्सीपको उपाधि परित्याग गरेका छन् ।

चार पटकका विश्व च्याम्पियनले फ्यानहरुलाई सोमबार जानकारी दिँदै आफूलाई ११ वर्षअघि यो रोगको लक्षण देखा परेको तर त्यसपछि ठीक भएको बताएका हुन् ।

यद्यपि, अहिले फेरि उक्त रोग बल्झिएको कारण अब रिङ्गमा लड्न नसक्ने बताए ।

लगत्तै फ्यानहरुले समाजिक सञ्जालमा ह्यासट्याग ‘थ्याङ्क यु रोमन’ भन्दै उनलाई समर्थनको सन्देशहरु दिइरहेका छन् । यो ह्यासट्याग ट्वीटरमा ट्रेन्डिङ नै बनेको थियो ।

पूर्व अमेरिकन फुटबल खेलाडी पनि रहेका रेइन्सले ‘मन्डे नाइट रअ’ बाट सो घोषणा गरेका थिए ।

उनले आफ्नो सपना साकार भएको बताउँदै सबै फ्यानहरुलाई धन्यवाद दिए । र, साथै आफ्नो यो अवकासको भाषण पनि नभएको स्पष्ट पारे ।

उनले रोगबाट निको भएपछि पुनः रिङमा फर्कने वाचा गरे ।

रोमन रेइन्सको वास्तविक नाम जोई अनोआई हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप