शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब धर्म संस्कृतिको रक्षा गर्नुपर्ने बेला आएको छ : नेता रायमाझी

मङ्गलबार, ०६ कात्तिक २०७५, १८ : २५
मङ्गलबार, ०६ कात्तिक २०७५

     बुटवल– पूर्व उपप्रधानमन्त्री एवम् नेकपाका नेता टोपबहादुर रायमाझीले धर्म सस्कृतीको रक्षा गर्नुपर्ने समय आएको बताएका छन् । मंगलबार गृहजिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिक स्थित प्रथम भण्डारथुम महोत्सव तथा दशंै मेलाको उद्घाटन गदै पूर्व उपप्रधानमन्त्री रायमाझीले यस्तो कुरामा जोड दिएका हुन । 

धर्म संस्कृतिको रक्षासँगै पर्यटन विकास गर्न सकिने  उनको भनाई थियो  । उनले अर्घाखाची जिल्लाको विकासमा केन्द्र सरकारको बजेटले देशका अन्य जिल्लाहरु भन्दा बढी समेटेको बताए । 

अर्घाखाचीबाट प्रतिनिधिसभा सदस्य समेत रहेका रायमाझीले जिल्लाका अधिकाँश सडकहरु अब छिट्टै कालोपत्रे हुने जानकारी दिए । ‘केन्द्रीय सरकारबाट अर्घाखाचीका ७ वटा सडकमा प्रयाप्त वजेट परेको छ रायमाझीले भने‘ –निर्माण व्यवसायीले समयमै काम गरेमा अबको एक बर्षमा यी सवै सडक कालोपत्रे हुन्छन् ।’ 

 नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का प्रभावशाली नेता समेत रहेका रायमाझीले खानेपानी, विद्युत, सडक, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलाई प्रभावकारी र दिगो रुपमा विकास अगाडि बढेको बताए । 
  
 उनले मालारानी १ ले भण्डारथुम प्रथम महोत्सव तथा दशै मेलाको आयोजना गरेर यहाँ रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसारमा ठुलो सहयोग पुग्ने बताए । अर्घाखाचीमा थुप्रै पर्यटकीय क्षेत्रहरु रहेका छन पूर्व उपप्रधानमन्त्री रायमाझीले भने‘ लुम्बिनीसँगैं सुपादेउराली, अर्घा भगवती मन्दिर, मालारानी लगायत भण्डारथुमलाई पर्यटकीय क्षेत्र जोडनुपर्छ ।’ उनले अर्घाखाचीलाई नमुना जिल्ला बनाई छाड्ने दावी समेत गरे । 

कार्यक्रममा राष्ट्रियसभा सदस्य चन्द्र खड्का उज्वलले भण्डारथिुमलाई ज्ञानको भण्डारथुमको रुपमा विकास गर्न आवश्यक रहेको बताए । 
  
महोत्सवमा गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, मालारानी गाउँपालिका अध्यक्ष वालकृष्ण शर्मा आचार्य मरेङ्ग रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष झविन्द्र फुल्लेल  लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप