बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यो हो संसारको सबैभन्दा खतरनाक सहर !

मङ्गलबार, ०६ कात्तिक २०७५, १९ : ३४
मङ्गलबार, ०६ कात्तिक २०७५

बीबीसी– हिंसात्मक घटनाहरुबीच भएको संसदीय निर्वाचनमा पनि अफगानिस्तानमा ३० लाख मानिसहरुले मतदान गरे ।  यो संख्या पहिले गरिएको अनुमानभन्दा बढी हो ।  प्राविधिक गडबडीका कारणले जति मतदान केन्द्रहरुमा शनिबार मतदान हुन पाएन त्यहाँ आइतबार मतदान हुनेछ । 

यो पटक सन् २००१ पछि पहिलो पटक संसदीय चुनाव गराउने जिम्मेवारी पुरै अफगानिस्तानको सरकारको हातमा थियो ।  चुनावको दौरान कयैंन स्थानमा हिंसाका घटनाहरु पनि भए र यिनमा कम्तिमा पनि २८ मानिसहरुको ज्यान गयो । 

मृत्यु हुने २८ मध्ये १५ जनाको मृत्यु त काबुलमा भएको एक आत्मघाती बम हमलामा भएको थियो । चुनावको दौरानमा काबुलमा हिंसा हुने पहिलेनै अनुमान थियो, किनकि यो सहरमा मात्रै यो वर्ष (सन् २०१८) सुरु भएदेखि अहिलेसम्म २० भन्दा बढी आत्मघाती हमला भइसकेका छन् । 

युद्धभूमि जस्तो काबुल
यसको कारण हो अफगानिस्तानको राजधानी काबुल संसारको सबैभन्दा आतंकित र उग्रवादीहरुबाट प्रभावित सहर हो ।  अहिले काबुल जाने मानिसहरुले सहरका प्रमुख क्षेत्रहरु कुनै सैनिक छाउनी जस्तो पाउँछन् । 

छोटो–छोटो दूरीमा चेक पोइन्ट आउँछन् । यहाँ बम डिस्पोजल टोली हर समय तैनाथ रहन्छ । यी कुराले पनि यो सहरको लागि आतंकवाद कति ठूलो चिन्ताको विषय हो भन्ने अनुमान लगाउन सकिन्छ ।
केही स्थानहरुमा बमको धमाकालाई थेग्ने क्षमता भएका पर्खाल सडकको दुवैतर्फ बनाइएको देखिन्छ । 

अफगानिस्तानमा मुस्लिम उग्रवादी संगठन इस्लामिक स्टेट र तालिवानको प्रभाव रहेको छ ।   सन् २००१ मा अमेरिकाले यो देशमा पाइला टेके देखिनै अफगानिस्तान ‘रणमैदान’ मा परिणत भएको देखिन्छ । शान्ति स्थापनाका नाममा यो देशमा थुप्रै देशका सैनिक तैनाथ छन् । तर पनि यहाँ शान्तिको संकेत देखिएको छैन । 

सबैभन्दा खतरनाक जागिर
काबुलमा आत्मघाती हमलाहरुको तिव्रता बढिरहेको छ ।  त्यहाँ जब कुनै आत्मघाती हमला वा आक्रमण हुन्छ, त्यहाँ तैनाथ क्विक रेस्पोन्स फोर्स (क्युआरएफ) लाई सबैभन्दा पहिले घटनास्थलमा पठाइन्छ । 
क्यूआरएफको कामलाई यहाँको स्थानीय मानिसहरु सबैभन्दा खतरनाक जागिर भन्छन् । 

उक्त सहरको अवस्था यति नाजुक छकि करिब हरेक दुई हप्तामा एक सानोतिनो बम धमाका हुन्छ ।  क्यूआरएफ या पुलिसमा काम गर्ने मानिसहरु आफूले चेक गर्न रोकेको कुनै पनि कारलाई ‘अन्तिम कार’ हुन सक्ने ठान्छन् । 

यसबारेमा कुरा गर्दै एक पुलिसकर्मीले बीबीसीसँग भने– ‘जब हामी कुनै कारलाई रोक्छौं र त्यसमा बम  फिट गरेको देख्छौं तब गोली हान्नु बाहेक अरु विकल्प बाँकी रहँदैन । हामी एक सेकेण्ड पनि रोकिदैनौं । किनकि यदि उसलाई हामीले थाहा पाएको शंका भयो भने उसले विस्फोट हुने बटन दबाइहाल्छ ।’

सहरको एक अस्पतालका डाक्टर एलबर्टो भन्छन्– ‘यहाँ ६ वर्षदेखि लिएर ६० वर्षको उमेरसम्मका बिमारीहरु आउँछन् । यो देशका मानिसहरुले यति लामो युद्ध भोगिसकेका छन्कि यहाँको दुई तिहाई

जनसङ्ख्यालाई युद्ध नभएको सयमको सम्झनानै छैन । कुनै आक्रमणमा परेर अपाङ्ग भएका मािनसहरु पनि आफ्नो स्थितिमा हाँस्न लागेका छन् ।’ डाक्टर अल्बर्टोका अनुसार काबुल सहरमा कोही यस्तो परिवार छैन, जसको कोही एक सदस्य उग्रवादीको हमलामा घाइते नभएको होस् । 

एलबर्टो भन्छन्– ‘अफगानीहरुमा यति बलियो इच्छाशक्ति विकास भइसकेको छकि उनीहरु अब आफ्नो दुःखहरु पनि हाँसेर टारिदिन्छन् ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप