बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा चारको मृत्यु

मङ्गलबार, ०६ कात्तिक २०७५, २० : ५०
मङ्गलबार, ०६ कात्तिक २०७५

लहान - देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा दुई मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ । बा ८०प ७३०९ र ज ३प ४५८८ नंको मोटरसाइकल ठोकिँदा ज ३प ४५८८ नंको मोटरसाइकल चालक मिर्चैया नगरपालिका–१० का ६० वर्षीय सुकदेव मण्डल र सोही मोटरसाइकलमा सवार ५० वर्षीय शिवलाल मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

शिवलालको उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटामै र सुकदेवको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा पैदलयात्री ६७ वर्षीया हरिमाया दमिनी र बा ८०प ७३०९ नंको मोटरसाइकलमा सवार उदयपुर, त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय सुशान्त दनुवारको नोबेल अस्पतालमा उपचार भइरहेको छ । 

ट्याक्सी दुर्घटना 

पशुपतिनगर–झापाबाट पाँचथरतर्फ जाँदै गरेको मे १ज २६५७ नंको ट्याक्सी देउमाई नगरपालिका–६ मेची राजमार्गस्थित मुदालेममा सडकबाट तल खस्दा पाँचथर राँकेका चन्द्रबहादुर दमाईंको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ट्याक्सीमा सवार अन्य ११ जना घाइते भएकामा सबैलाई उपचारका लागि इलाम अस्पताल पु¥याइएको छ । 

जीप र स्कुटर ठोकिए 

स्याङ्जा–गल्याङ नगरपालिका–१ स्थित मालुङ्गामा आज अपराह्न जीप र स्कुटर ठोकिँदा स्कुटरमा सवार गुल्मी, मालिका गाउँपालिका– १ बस्ने २२ वर्षीया रुपा थापाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । लु १च ७२५६ नंको जीप र लु ३७प ३०९० नंको स्कुटर ठोकिँदा रुपाका पति २७ वर्षीय महेश पुन मगर घाइते छन् । जीप चालक रुपन्देहीको सिद्घार्थ नगरपालिका–११ का २७ वर्षीय एकरार पठान जीपसहित प्रहरी नियन्त्रणमा छन् । 
––– 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप