शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्नपूर्ण पदमार्गमा फ्रान्सेली नागरिकको मृत्यु

मङ्गलबार, ०६ कात्तिक २०७५, २१ : १६
मङ्गलबार, ०६ कात्तिक २०७५

बेंसीशहर । चक्रिय अन्नपूर्ण पदमार्ग घुम्न गएका एक फ्रान्सेलीको मृत्यु भएको छ ।

बेंशीशहरबाट मनाङ घुम्न गएका अन्दाजी ६५ वर्षीय फ्रिलिस्ट गोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । 

नासो गाउँपालिका–१ सिरानतालबाट मस्र्याङ्दी नदी किनारामा खस्दा गोरको मृत्यु भएको प्रहरीले अनुमान लगाएको छ ।

मस्र्याङ्दी नदी किनारामा आज दिउँसोे गोरको शव फेला परेको थियो ।

घटनाका बारेमा स्थानीयवासीले खबर गरेपश्चात् घटनास्थलमा पुगी गोरको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

गोरको मृत्युको कारण पुष्टि भएको छैन भने शवपरीक्षणका लागि कहाँ लगिने भन्ने विषयको टुङ्गोसमेत लाग्न नसकेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप