शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको केन्द्रीय समिति ९९ सदस्य बन्ने, बैठकको निर्णय आइतबार सार्वजनिक गरिने

शनिबार, ०७ साउन २०७४, २१ : ५८
शनिबार, ०७ साउन २०७४

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति ९९ सदस्य मात्रै बनाइने भएको छ । पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठमा चार हजार सदस्य जम्बो केन्द्रीय समितिप्रति आलोचना भएपछि दुई अंक ननाघ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय गरेको हो ।

हालको महाधिवेशन आयोजक समिति महाधिवेशनसम्म रहने र महाधिवेशनबाट दुई अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय बैठकले गरेको सचिवालय सदस्य बसन्त घर्तीमगरले बताए । 

सोमबारदेखि सुरु भएको माओवादी केन्द्रको सचिवालय बैठक शनिबार सकिएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकको अन्तिम दिन शनिवार रामबहादुर थापा बादलले धारणा राखेका थिए । 

यो पनि पढ्नुस्

माओवादी वैठक सकियो, भए यस्ता निर्णय

नेताहरुले उठाएका जिज्ञासा, समीक्षा र आगामी योजना लगायतका विषयमा बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्दै बैठक समापन भएको थियो । 
बैठकमा पार्टी सचिवालय सदस्यहरुले निर्वाचनको समीक्षा, पार्टी पूनर्निर्माण र आगामी योजनाबारे आफ्नो रिपोर्ट र धारणा राखेको थिए । 

सचिवालय बैठकले गरेका निर्णयहरुबारे जानकारी गराउन आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप