बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि पेन्सन र लगानी कोष

बुधबार, ०७ कात्तिक २०७५, ०५ : ४९
बुधबार, ०७ कात्तिक २०७५

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको समाचार आजको कारोबारमा छापिएको छ ।

सरकारले कम आय भएका कामदारलाई ससाना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रमसचिव महेशप्रसाद दाहालको नेतृत्वमा एक अध्ययन कार्यदल समेत गठन गरी काम सुरु गरिसकेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यसका लागि श्रमिकको मासिक ५ सयदेखि १ हजार रुपैयाँभन्दा बढी क्षमताअनुसार रकम जम्मा गर्ने गरी कानुनी हैसियत भएको संयन्त्र निर्माण गर्ने काम भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप