शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गति लिँदै कुलेखानी तेस्रो

बुधबार, ०७ कात्तिक २०७५, ०६ : १८
बुधबार, ०७ कात्तिक २०७५

काठमाडौं - एघार बर्षदेखि निर्माणधीन अवस्थामै रुमल्लिएको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको कामले गति लिन थालेको समाचार आजको कान्तिपुरमा छापिएको छ । 

पुससम्ममा निर्माण सक्ने गरी निर्माण कार्यलाई तीव्रता दिएको आयोजना प्रमुख सुबास मिश्रले बताए । 

इलेक्ट्रो मेकानिकल कामको जिम्मा पाएको चिनीयाँ ठेकेदार कम्पनी जियालिङको ढिलासुस्तीका कारण पछिल्लो समय आयोजनाको काम अघि बढेको थिएन । 

नोपल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले १४ मेगावाटको यो आयोजनाको काम पुससम्म जसरी पनि सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप