शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बै‌ंकसँग लगानी गर्ने रकम अभाव

बुधबार, ०७ कात्तिक २०७५, ०६ : ५८
बुधबार, ०७ कात्तिक २०७५

काठमाडौं - कर्जाको बढ्दो मागको तुलनामा बैंकले पर्याप्त निक्षेप संकलन गर्न  नसक्दा लगानीयोग्य पुँजीको अभाव हुन थालेको छ । 

यसको प्रत्यक्ष असर बैंकको कर्जा, निक्षेप तथा पुँजी अनुपात (सीडीसी)मा दबाब देखिएको समाचार आजको कान्तिपुरले अर्थ वाणिज्य  पृष्ठमा छापेको छ । 

‘मंगलबारसम्म १० भन्दा बढी बैंकको सीडीसी अनुपात ८० प्रतिशतभन्दा बढी छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यद्यपि वाणिज्य बैंकहरूको औसत सीडीसी निर्देशित सीमाभित्रै छ।’ 

असोजको अन्तिम साता दसैंबीचमा पनि निक्षेप र रेमिट्यान्स आप्रवाह बढेकाले अबका केही दिन तरलता सहज हुने ती अधिकारीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप