शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा ७५ वर्षीया बृद्धालाई दिसा खुवाईयो

बुधबार, ०७ कात्तिक २०७५, १३ : १४
बुधबार, ०७ कात्तिक २०७५

तुलसीप्रसाद कोइराला 
उदयपुर– उदयपुरमा एक बृद्धालाई मानव मलमुत्र खुवाईएको छ । छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरगडी गाउँपालिका वडा नं. ५ मौवासीकी ७५ वर्षीया महिलालाई मलमुत्र खुवाएको हो । 

गाउँमा एक्लै बस्दै आएकी बृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको व्यहोराको निवेदन जिल्ला प्रहरी कार्यालयमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

छाडा पशुले बाली खाएको विवादमा मंगलबार छिमेकी बक्ते राई, उनकै श्रीमती  र देववहादुर राईले कुटपिट गरि दिसा खुवाएको उजुरी आएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप