शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउडमा १० स्टार, जो पढाइ कम भएपनि अभिनयमा भए नम्बर वान

बिहीबार, ०८ कात्तिक २०७५, १८ : ०३
बिहीबार, ०८ कात्तिक २०७५

मुम्बई– अध्ययनले मानिसलाई सफल बनाउँछ । तर सफलताको मुख्य कसि भने अध्ययन होइन । जसको ज्वलन्त उदाहरण बलिउडलाई लिन सकिन्छ । बलिउडमा यस्ता थुप्रै सेलिब्रेटी छन् । जसले अध्ययन कम भएपनि कलाकारितामा राम्रो उचाई बनाएका छन् । ती १० कलाकारको चर्चा आज गर्न खोजिएको छ । 

अक्षयकुमार :
अक्षयले मुम्बईको खालसा कलेज ११ कक्षामा भर्ना त भएका थिए । तर अध्यायन भने अगाडि बढाएन् । यी सबै कुरा एक अन्तवार्तामा अक्षय आफैले भनेका थिए । उनका लागि अनुसास सबैभन्दा ठेलो कुरो हो ।

आमिर खान :
आमिरले बलिउडमा २५ सौ वसन्त बिताइसकेका छन् । कामका कारणले उनले मिस्टर परफेटनेस्टको उपाधि समेत मिलेको छ । आमिरले कुन स्कुलमा कति अध्ययन गरे त्यसको केही रेकर्ड छैन । हालै एक टेलिभिजनले उनको बारेमा ब्याङ्ग्य गर्दै भनेको थियो स्कुलसँग उनको कहिलै पनि केही नाता रहेको छैन ।

कट्रिना कैफ :
कट्रिना पछिल्लो समय आफ्नो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को प्रमोसनमा लागेकी छन् । कट्रिना सानैबाट अभिभावकबाट टाढा रहिन् । त्यसकारण पनि उनी स्कुल जान पाइनन् । १४ बर्षदेखि कट्रिना मोडलिङमा लागेकी हुन् ।

श्रीदेवी :
श्रीदेवी अहिले ‘मोम’ फिल्म प्रचारमा रहेकी छन् । ७ बर्षदेखि बालकलाकारको रुपमा काम सुर गरेकी श्रीदेवी बलिउडको सफलताको एक मिसायल पनि हुन् । उनी स्कुल नगएको कुराले अभिनयमा केही फरक परेको छैन । 

सलमान खान :
सलमान खान पछिल्लो समय बलिउडका सबैभन्दा बढी फिस लिने कलाकार हुन् । उनको नामबाट नै फिल्म चल्ने गरेको छ । दुई स्कुलबाट निकालिएका उनी मुम्बईको नेसनल कलेजमा भर्ना त भए तर कलेज कहिलै गएनन् । 

करिश्मा कपुर :
९० को दशकमा सबैभन्दा चर्चित अभिनेत्री करिश्मा कपुरले एकसे एक हिट चलचित्र दिएकी छन् । तर उनले ६ कक्षासम्म मात्र अध्ययन गरेकी छन् । ‘पे्रम कैदी’ बाट अभिनय डेब्यु गर्दा उनी १७ बर्षकी थिइन् ।

दीपिका पादुकोण :
बलिउडमा पछिल्लो समय नम्बर वान पोजिसनमा रहेकी अभिनेत्री दीपिकाले स्कुल लेबलको शिक्षा मात्र लिएका छन् । उनले सोफिया हाई स्कुल ब्यङ्लोरमा अध्ययन गरेकी थिइन् । 

काजोल :
१६ बर्षको उमेरमा ‘बेखुदी’बाट अभिनयमा डेब्यु गर्ने अभिनेत्री काजोलले पनि स्कुल लेबलको अध्ययन पुरा गरेकी छैनन् । 

कंगना रनौत :
कंगना अहिले जुन पोजिसनमा छिन्, सो पोजिसनका लागि उनले धेरै संघर्ष गरेकी छन् । कयौंपटक अंग्रेजीका कारण आफुलाई दुनियाँले उडाएको उनले केही पहिले बताएकी थिइन् । कंगना १२ फेल अभिनेत्री हुन् ।  

अर्जुन कपुर :
अर्जुन काका अनिल कपुरका साथ फिल्म ‘मुबारक’ प्रचारमा रहेका अभिनेता अर्जुन कपुर पनि १२ कक्षा फेल हुन् । पारिवारिक माहोल फिल्मी भएका कारण उनको दिमागमा सानै देखि फिल्म घुसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप