मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भिरमा लड्दै गरेको घोरलको भानुचन्द्रले यसरी गरे उद्दार

आइतबार, ०८ साउन २०७४, ०९ : २६
आइतबार, ०८ साउन २०७४

-रामचन्द्र न्यौपाने  
दुनै, डोल्पा - यहाँका एक ब्यक्तिले संरक्षित बन्यजन्तु घोरलको जिवितै उद्दार गरेका छन् ।

शेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज अन्तरगत त्रिपुरा सुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रातो भिरबाट संरक्षित बन्यजन्तु घोरलको जिवितै उद्दार गरिएको हो ।

त्रिपुरा सुन्दरी नगरपालिका स्थित वडा नं १ बस्ने भानुचन्द्र उपाध्यायले एक्लै उद्दार गरेका हुन् । ।

उपाध्यायका अनुसार 
-बेलुकी पख म सदरमुकाम दुनैबाट फर्किदै थिएँ ।
-दुईवटा लामपुच्छ्रे नामका बन्यजन्तुले लखेटेर भिरमा हालेपछि घोरलको पाठो लड्दै ठुलीभेरी नदीको छेउमै परेको मैले प्रतक्ष्य देखेँ ।
-मैले पानीको तलाउबाट त्यसलाई निकाले । घोरल अचेत अवस्थामा थियो ।
-उसको नाकबाट रगत बगेको थियो मैले त्सयसलाई सामान्य उपचार गरिसकेपछि ठिक भयो ।
-घोरल अहिले एकदमै चलाख छ, यसलाई निकुञ्जमा गएर बुझाउँछु ।
-उक्त घोरलको बच्चा ६ महिना जतिको हुन सक्ने बताईएको छ ।

शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवा, नावर,घोरल, डाँफे, हिमालीभालु जस्ता दुर्लभ  वन्यजन्तुहरु पाईन्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप