मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेयमारको प्रेरणामा बार्सिलोनाद्वारा युभेन्टस पराजित

आइतबार, ०८ साउन २०७४, ०९ : २८
आइतबार, ०८ साउन २०७४

न्युजर्सी – बार्सिलोना छाड्ने चर्चाका बीच नेयमारको उत्कृष्ट प्रदर्शनको मद्दतले बार्सिलोनाले युभेन्टसमाथि २–१ को जित हासिल गरेको छ ।


प्रि–सिजन खेलिने इन्टरनेसनल च्याम्पियन्स कपमा ब्राजिलियन स्टारले ४५ मिनेट भित्र दुई गोल गर्दै मेटलाइफ स्टेडियममा उत्कृष्ट खेलको नमूना प्रस्तुत गरे ।
नेयमारको दोस्रो गोल निकै उत्कृष्ट थियो । नेयमारले ५ जना युभेन्टसका खेलाडीहरुलाई छलाउँदै गोल गरेका थिए ।


खेलको दोस्रो हाफमा जर्जियो चिलेनीले एक गोल फर्काए पनि त्यसपछि कुनै गोल हुन सकेन र खेल बार्सिलोनाले आफ्नो पक्षमा पार्न सफल रह्यो ।


पछिल्लो समय बार्सिलोनाका अधिकारीहरु नेयमारको ‘प्लेब्वाई’ जीवनशैलीबाट आजित रहेको र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन स्टार फरवार्डलाई किर्तिमानी रकममा भित्र्याउने तयारी गरिरहेको चर्चा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप