शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सान्चेजले आर्सनल छाडेर जाँदैनन् : वेंगर

आइतबार, ०८ साउन २०७४, ०९ : ४५
आइतबार, ०८ साउन २०७४

लण्डन – आर्सनलका प्रशिक्षक आर्सन वेंगरले एलेक्सिस सान्चेज पेरिस सेन्ट जर्मेन जाने हल्लालाई ‘मिडियाको कल्पना’ को संज्ञा दिएका छन् ।

चिलियन खेलाडीले लण्डन क्लब छाडेर जाने चर्चा पछिल्लो समय निकै चलिरहेको छ र फ्रेन्च क्लब सबैभन्दा अग्रपंक्तिमा देखिएको छ ।

गोलडटकमका अनुसार सान्चेजले पीएसजीका स्पोर्टिङ डाइरेक्टर एन्टेरो हेन्रिक फ्रेन्च राजधानी पुगेर अनुबन्धबारे सल्लाह गरेका थिए । उनी ५ करोड युरोमा पीएसजी जाने रिपोर्टमा उल्लेख छ ।

वेंगरले भने शनिबारको एक पत्रकार सम्मेलनमा यसलाई केवलको हल्लाको संज्ञा दिँदै भने, ‘यो मिडियाको कल्पना मात्र हो ।’

सान्चेजले च्याम्पियन्स लिग फुटबल खेल्न चाहेको कारण उनलाई आर्सनलले प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी वा चेल्सीको साटो पीएसजी जान दिने समाचारमा उल्लेख गरिएको छ ।

के विदेशी क्लबलाई आर्सनलले स्ट्राइकरलाई बेच्न तयार छ भन्ने प्रश्नमा वेंगरले भने, ‘यसले पनि कुनै फरक पार्दैन । उनी आर्सनलमा नै रहनेछन् ।’

शनिबार बेइजिङमा चेल्सीसँग प्रिसिजन मैत्रीपूर्ण खेलमा ३–० ले पराजित भएपछि अयोजित पत्रकार सम्मेलनमा वेंगरले सो कुरा बताएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप