शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रे जीप दुर्घटना अपडेटः २ को मृत्यु, डीआईजी भण्डारी घाइते

शनिबार, १० कात्तिक २०७५, १६ : २६
शनिबार, १० कात्तिक २०७५

काठमाडौं । काभ्रेमा ६ जना सवार निजी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना गम्भिर घाइते भएका छन् । 

काभ्रेको मन्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा डीआईजी सुशील भण्डारी चढेको  बा३च २८७ नम्बरको गाडी दुर्घटनामा परेको हो । 

वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद ढकालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते ४ जनालार्इ एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ । 

यसअघि समाचारमा बहालवाला डीआईजी हुनुपर्नेमा अन्यथा हुन पुगेकोमा सच्च्याइएको छ  । (सम्पादक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप