शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्यवस्थित बन्दै कपिलबस्तुको बुद्धरंगशाला

आइतबार, ०८ साउन २०७४, १० : ५४
आइतबार, ०८ साउन २०७४

कपिलवस्तु– कपिलवस्तुको जितपुरस्थित बुद्ध रगंशाला ब्यवस्थित बन्दै गएको छ । जिल्लाकै सबैभन्दा ठुलो खेल मैदानका रुपमा रहेको बुद्ध रगंशालामा स्थानीय खेलदेखि जिल्लास्तरीय खेलकुद प्रतियोगिताहरु हुदै आएका छन् ।

पशु चौपायाका कारण ब्यवस्थित हुन नसकेको खेल मैदानको प्रवेशद्धारमा गेट लगाउनुका साथै चारैतर्फ तारबार गरेपछि ब्यवस्थित भएको हो । जिल्ला बिकास समिति कपिलवस्तु र बाणगंगा वेलफेयर सोसाइटीको सयुतm लगानीमा मैदानलाई ब्यवस्थित गरिएको हो ।


बिशेष गरेर क्रिकेट तथा फुटवल खेलका लागी यो मैदान प्राथमिकतामा पर्ने गरेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगरले बताए । बुद्ध रगंशालालाई अन्तराष्ट्रीय खेलकुद प्रतियोगिता हुन सक्ने गरी खेल मैदान बनाउन पहल थालेको मगरको भनाई छ ।


मैदानलाई आकर्षक बनाउन मैदानको चारैतर्फ अशोकका बिरुवा लगाइएको बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाणले बताए । यो रंगशालामा प्रत्येक वर्ष महोत्सव आयोजना गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप