मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बोटलर्स नेपाललाई आईक्यानको अवार्ड

आइतबार, ०८ साउन २०७४, ११ : १७
आइतबार, ०८ साउन २०७४

काठमाडौं–इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले बोटलर्स नेपाललाई वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१६ प्रदान गरेको छ । आईक्यानद्धारा होटल सोल्टीमा सन् २०१७ जुलाई १७ तारिखमा आयोजित कार्यक्रममा अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बोटलर्स नेपाललाई सो अवार्ड प्रदान गरेका हुन् । 
गत वर्ष बोटलर्स नेपालले दोस्रो रनर अप अवार्ड प्राप्त गरेको थियो । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले बहुराष्ट्रिय कम्पनीको रुपमा सम्पूर्ण सेवा र उत्पादनमा उच्च गुणस्तर कायम गर्नका लागि प्रतिबद्ध रहेको बताए । 
आइक्यान एकाउन्टिङको व्यवसायीक क्षेत्रमा सामाजिक पहिचान अभिवृद्धि गर्न र जनताको विश्वास बृहत रुपमा जित्नको लागि स्थापना गरिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप