मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमै उपलब्ध छ अन्तर्राष्ट्रिय स्तरको शिक्षा

आइतबार, ०८ साउन २०७४, ११ : २८
आइतबार, ०८ साउन २०७४

जीवन लामा गोले

नेपालमा पछिल्लो समयमा शिक्षाका लागि विदेश जानेको सङ्ख्या बढ्दो छ । तर नेपालमै रहेका विभिन्न कलेजमा विदेशमा भन्दा राम्रो गुणस्तरमा पढाइ हुन्छ । पूर्वाञ्चल, पोखरा र त्रिभुवन विश्वविद्यालयले पनि शिक्षालाई सहज, सस्तो र गुणस्तर युक्त बनाइरहेका छन् । यति हुँदाहुँदै पनि सयौँको सङ्ख्यामा विद्यार्थी अहिले पनि महँगो शुल्क तिरेर अध्ययनका लागि विदेशिइरहेका छन् । यो नेपालका लागि दक्ष जनशक्ति पलायन र आर्थिक रूपमा पनि नेपालको अर्थतन्त्रमाथि ठूलो नोक्सान हो ।


अहिले नेपालमा मात्रै नभएर विश्वमा नै एमबीएको धेरै महत्व बढेको छ । यो शिक्षा नेपालमा पनि धेरै राम्रो छ । यसका लागि एजुकेसन डटकमले काउन्सिलिङ र इन्ट्रन्सको तयारी गराउँदै आएको छ । यो संस्थाले नेपालमा बीबीए र एमबीए पढाइ हुने कलेजहरू, विश्वविद्यालयहरू पनि छनौट गराइ दिन्छ । 
संस्थाको उद्देश्य भनेको मेनजमेन्ट र आईटी सेक्टरलाई प्राथमिकतामा राखेर काम गर्नु हो । ताकि विद्यार्थीहरू भाँैतारियर कहीँ कतै नअलमलिउन्, लामो समय यता संस्थाले इन्ट्रान्सको तयारी गराउने गरेको छ । यसरी तयारी गराउनुको उद्देश्य विद्यार्थीहरूले विभिन्न विश्वविद्यालयका बीबीएमा सहज रूपमा नाम निकाल्नका लागि हो । 


मूलभूत रूपमा सूचनाको अभाव भएकालाई सहजीकरण गर्न एजुकेसन डटकमले काम गर्दै आएको छ । बीबीए, एमबीए पढ्नका लागि इन्ट्रान्स परीक्षा मार्फत उत्तीर्ण हुनुपर्ने हुन्छ । यसैको फलस्वरूप इन्ट्रान्सको तयारी गराउँदै आएका छाँै । 


नेपालमा जापाना, अस्टे«लियामा पढाउने विधि नेपालमा नै उपलब्ध हुन थालेका छन् । यो विधि यहीँ सस्तोमा उपलब्ध हुन्छ भने किन विदेश जाने ? अहिले विदेशमा पढाइ हुने प्रविधि पनि नेपालमा भित्रिएको छ । विदेशमा महँगो मूल्य तिरेर पढ्नुभन्दा यही कम लागतमा पढ्नुपर्छ भन्ने मान्यता हो ।


हो, नेपालमा यो  र यस्ता शिक्षा दिने कलेजहरू छनौट गर्न सक्नुपर्छ । यहाँ  पनि सबैले हामी उच्च गुणस्तरको शिक्षा पढाउँछौँ भन्छन् तर सबै कलेजहरूमा यो छैन । राम्रा कलेजहरूले प्रयोगात्मक तरिकाले पढाउने गरेका छन् । केवल सैद्धान्तिक पढाइ मात्र महत्व दिएका छैनन् ।


हामी विश्वविद्यालय मात्र हेर्दैनौँ । जुन विश्वविद्यालयले समयमा कोर्स अपडेट गर्छ । समयमा पठनपाठन सक्छ । समयमा परीक्षा गराउँछ । समयमा रिजल्ट निकाल्छ । यी विश्वविद्यालय नै राम्रा हुन । यदि समया नै कोर्स अपडेट गर्दैन भने त्यो विश्वविद्यालयले जति नै राम्रो छु भने पनि त्यो समय सन्दर्भअनुसार धेरै पछाडि परिसकेको हुन्छ । हामी नेपालमा भएका सबै विश्वविद्यालयको जानकारी लिइरहेका हुन्छाँै । 


हामीले विद्यार्थीलाई सबैभन्दा पहिला काउन्सिलिङ गर्छौ । काउन्सिलिङ सही भएन भने बच्चा नै बिग्रन्छ । त्यसकारण हामी पहिला काउन्सिलिङ गराउँछौँ । यो पनि आईटी र मेनेजमेन्ट सम्बन्धी बढी गराउँछौँ । काउन्सिलिङ नगरेर कुनै पनि कोर्समा हात हाल्नु हुँदैन । पढ्नु भनेको जीवनभरीका लागि हो । उसले पढेको कोर्सले कति वर्षसम्म धान्छ । थाह पाउनुपर्छ । यो मजदुरले भारी बोकेर खाए जस्तो हुँदैन । 


नेपालमा विद्यार्थीहरूलाई पहिला काउन्सिलिङको कमी छ । यो पूरा नहँुदासम्म कुनै पनि कोर्समा जम्मन सक्दैन । बीबीए, एमबीए र आईटी भनेको क्षणिक हुँदैन । यसले त जीवन भरीका लागि हो । यो क्यारियरको लागि हुनुपर्छ । संसारमा विक्नुपर्ने कोर्स हुनुपर्छ । चार वर्षका लागि होइन । पढेको कोर्स जीवनलाई मात्र होइन, अरूलाई पनि नयाँ तरिकाले बाँच्न सिकाउनु पर्छ । 


कोर्स पढ्न तयारी गराउनुपर्छ । कुन कोर्स पढ्न कस्तो आइडिया चाहिन्छ,  थाह पाउनुपर्छ । अहिले त शिक्षणमा पनि धेरै नयाँ प्रविधि आएका छन् । कुन–कुन कलेजमा कस्तो छ, त्यो पनि थाह पाउनुपर्छ । 


हामीले सुरुमा २० जनाबाट सुरु गरेका थियौँ । अहिले जस्तो सीम्याट, जीम्याटको प्रचलन थिएन । तर हामीले हिम्मत जुटायौँ । त्यो समयमा भर्खर शान्तिप्रक्रिया सुरु भएको थियो । शिक्षामा नयाँ–नयाँ कोर्स आएका थिए । यसले नेपालमा बजार लिन्छ भनेर अध्ययन गरेका थियौँ । यसकारण हामी अहिलेसम्म टिक्न सकेका छौँ । पछिल्लो समयमा हरेक अभिभावकले शिक्षामा लगानी लगाउँदै छन् । यो कुरा हामीले बुझेका थियाँै । यसलाई नेपालमा नै लागू गरेका हौँ । 


अहिले पनि म भन्छु शिक्षाका लागि विदेश जानुपर्दैन । विदेशमा पढ्न पाइने शिक्षा नेपालमा सस्तोमा पाइन्छ । यदि नेपालमा नै त्यही गुणस्तरको शिक्षा पाइन्छ भने किन विदेश जाने । विदेश जाने भनेको त उच्च स्तरको काम गर्न हो । यहाँ पढेर त्यहाँ आफ्नो सीप बेच्न जान सकिन्छ । तर पढ्न विदेश गएर नेपालको आर्थिक प्रणालीमा घाटा हुन्छ । 


विदेशमा गएर अर्काको काम गर्दै महँगो शिक्षा लिनुभन्दा सस्तोमा नेपालमा नै पढाँै । देशमा भएको आर्थिक देशमा नै लगानी गराँै । म होइन हामी भन्ने भावनाको विकास गरेमा शिक्षामा नेपालमा अहिले धेरै माथि पुगिसकेको छ । 


शिक्षाको भविष्य नेपालमा धेरै राम्रो छ । अहिले देश शान्ति मार्गमा हुइँकिरहेको छ । स्थानीय तहको निर्वाचन भएको छ । यसले देश स्थायित्व तर्फ अगाडि बढिरहेको भान हुन्छ । संविधानको कार्यान्वयनले गति लिएको छ । अब स्वदेशमा नै रहेर समृद्धिमा लाग्नुपर्छ भनेर सबै विद्यार्थीलाई काउन्सिलिङ गर्नुपर्छ । कन्सल्ट्यान्ट जस्तो भएर हँुदैन । 


(कृष्ण गिरीसँगको कुराकानीमा आधारित)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप