शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरको त्रास : अमेरिकाको हवाइमा परमाणु चेतावनी सिस्टमको परिक्षण गरिने

आइतबार, ०८ साउन २०७४, ११ : ३७
आइतबार, ०८ साउन २०७४

हवाइ – उत्तर कोरियाको परमाणु क्षेप्यास्त्र हमलाको तयारी स्वरुप हवाइ ‘आक्रमण–चेतावनी’ सिस्टम परिक्षण गर्ने पहिलो अमेरिकी राज्य बन्ने भएको छ ।

आगामी नोभेम्बर महिनादेखि हवाइको विपत चेतावनी योजनामा परमाणु हमलाको नयाँ व्यवस्था लागु गरिने अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । 

हवाइको आपत्कालिक व्यवस्थापन एजेन्सीको ‘गाइडलाइन संक्षेप’ मा त्यहाँका वासिन्दालाई साइरन अलार्म र चम्किलो प्रकाशको मद्दतले पूर्व चेतावनी दिइने उल्ल्ेख छ । यसबारे टेलिभिजन र रेडियोमा जानकारी दिइने बताइएको छ ।

हवाइ र उत्तर कोरियाबीच ४ हजार ६६१ माइलको दुरी रहेको छ । गुआम र अलास्कापछि हवाइ उत्तरबाट सबैभन्दा नजिक रहेको छ ।

यो व्यवस्था लागु गरिए पनि यसबाट कोही आत्तिहाल्नु नपर्ने हवाइका अधिकारीहरुले बताएका छन् । यस निर्णयले त्यहाँको पर्यटनमा असर पुग्ने जानकारहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप