शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अब नेपाली कामदारले मलेसिया जान एक पैसा तिर्नु नपर्ने, दुई देशबीच सम्झौतापत्रमा हस्ताक्षर

सोमबार, १२ कात्तिक २०७५, १२ : ४६
सोमबार, १२ कात्तिक २०७५

काठमाडौं– वैदेशिक रोजगारीको लागि मलेसिया जान नेपाली कामदारले अब कुनै शुल्क तिर्नु नपर्ने भएको छ ।  नेपाल र मलेसिया सरकारबीच आज भएको सम्झौतापत्रमा नेपाली कामदारले रोजगारीका लागि मलेसिया जाँदा कुनै शुल्क तिर्नु नपर्ने उल्लेख गरिएको छ । 

राजधानीमा सोमबार आयोजित एक विशेष समारोहकाबीच नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसिया सरकारको तर्फबाट मानव संशाधन मन्त्री एम कुला सेगरनले ‘कामदार भर्ना, रोगजार र फिर्ता’ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । 

नेपालबाट रोजगारीका लागि मलेसिया जान थालेको दुई दशकपछि सरकारी तहमा पहिलोपटक यो ऐतिहासिक सम्झौता भएको हो । 

सम्झौताअनुसार मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकक, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत वापतका खर्चहरु सम्पूर्ण सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्नेछ । 

यस्तै अब मलेसिया सरकारले लगाउँदै आएको लेभी पनि नलाग्ने भएको छ।  यसअघि मलेसियन सरकारले कामदारबाट लेभी उठाउँदै आएको थियो । 

यसअघि मलेसिया जाने कामदारको करार अवघि ३ वर्ष रहेकोमा समझदारी पश्चान २ वर्ष कायम गरिएको छ । यस्तै रोजगारदाताले तलब प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेछ ।  

मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी तलब भत्ता, एवमु् सुविधा पाउने व्यवस्था पनि सम्झौतापत्रमार्फत गरिएको छ । 

समझदारीअनुसार नेपाली कामदार मलेसियाको विमानस्थल पुगेको ६ घण्टाभित्र गन्तब्य स्थलमा लगिनुपर्ने, महिला कामदारको हकमा विशेष ख्याल गर्नुपर्ने, परिवारको निकट सदस्यको मुत्यु भएमा १५ दिनको छुट्टी दिइने पनि उल्लेख गरिएको छ । 

 यसैबीच सम्झौतापत्रको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउन दुबै देशका सरकारी पदाधिकारी संलग्न संयुक्त कार्य समूहको गठन गरिएको श्रम तथा रोजगारमन्त्रप गोकर्ष विष्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप