वीरगञ्जमा रियल स्कूलअफ नेपालको क्षेत्रिय फाइनल
काठमाडौं–रियल स्कूलअफ नेपाल २०१७ अन्तर्गत नवौं क्षेत्रीय फाइनल मध्यमाञ्चलको वीरगञ्जमा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय जिएचपि सेकेण्डरी स्कूल घोषित भएको छ ।
विजयी विद्यालयका सहभागी विद्यार्थी अन्जली दुबे, रेश्मा शर्मा, जेजस शाक्य, चन्दन गुप्ता, योगेस चौधरी र अयुब मिया हुन् । यी विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कूलअफ नेपाल २०१७ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै सिनियर समुह र जुनियर समुहका विजेतामा सिनियर समुहवाट एक्सटेम्पोरमा अन्जली दुबे, जिएचपि सेकेण्डरी स्कूल, डान्समा अनिसिखा बस्नेत मुनलाइट इङ्गलिस बोर्डिङ्ग स्कूल र फुटबल जगलिङमा कार्लोस पटेल गौतम सेकेण्डरी स्कूल छन् ।
यस्तै, जुनियर समुहमा पेन्टिङमा योगेस चौधरी जिएचपि सेकेण्डरी स्कूल,(थ्री) ३ मिनेट टु फेममा रुपक क्षेत्री गौतम सेकेण्डरी स्कूल र स्कोर द रियल गोलमा अयुब मिया जिएचपि सेकेण्डरी स्कूल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस
-
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन