शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो दिनसम्म इक्यान शैक्षिक मेलामा ५२ हजारले अवलोकन गरे, आज सकिँदै

आइतबार, ०८ साउन २०७४, १२ : ०७
आइतबार, ०८ साउन २०७४

काठमाडौं–इक्यान मेलाको तेस्रो दिन झण्डै ५२ हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका छन् । ११औं शैक्षिक मेलाको पहिलो दिन २० हजार र दोश्रो दिन ३३ हजार पाँच सयजनाले मेला अवलोकन गरेका थिए । 


मेलामा भर्खरै कक्षा १२ को परिक्षा सिध्याएर परिक्षाफल कुरीरहेका कलिला किशोरहरुदेखि स्नातकोत्तर तह र सोभन्दा माथिसम्म अध्ययन गरेकाहरु पनि विदेशी शिक्षाबारे जानकारी लिन आइरहेका छन् । विद्यार्थीहरुको रोजाईमा अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, क्यानडा, न्यूजिल्याण्डदेखि चीन, भारत, श्रीलंका र बंगलादेशसम्मका देशहरु परेका छन् । 


खासगरी प्राविधिक र ब्यवसायिक विषयहरुप्रति विद्यार्थीहरुको आकर्षण देखिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । मेलामा विभिन्न  शिक्षाविद्हरुसम्मको पनि उत्साहपूर्ण सहभागिता देखिएको छ । उनीहरुले यस्ता मेलाले उच्च शिक्षा अध्ययनका सन्दर्भमा सही परामर्श दिएर विद्यार्थीहरुलाई उचित गन्तब्य छनोटमा मद्धत पु¥याउने विश्वास ब्यक्त गरेका छन् । विहीबारबाट शुरु भएको मेला आइतबार सकिंदैछ । शनिबार सार्वजनिक विदा परेकाले अवलोकनकर्ताहरुको उत्साहपूर्ण सहभागिता देखिएको थियो । 


आइतबार  पनि दिनभर विद्यार्थीहरुले बैदेशिक अध्ययनको बारेमा पर्याप्त जानकारी लिन सक्ने ईक्यान सचिव तथा सूचना र सन्चार विभाग प्रमुख उमेश ढुगेंलले वताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप