शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पर्यटन बोर्डको उद्यमी सिड क्याम्पः पर्यटनमा योगदानको नविन योजनाहरुलाई परिस्कृत गरिने

मङ्गलबार, १३ कात्तिक २०७५, १३ : ५९
मङ्गलबार, १३ कात्तिक २०७५

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा योगदान दिने संभावना बोकेका नविन योजनाहरुलाई व्यवसायमा परिवर्तन गर्नसक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ उद्यमी सिड क्याम्प नामक कार्यक्रम आयोजना गरेको छ ।

यस कार्यक्रम अन्र्तगत विभिन्न संभावित उद्यमीहरुलाई आफ्नो योजनालाई व्यवसायमा परिवर्तन गर्ने अवसर प्रदान गरिनेछ । विश्व पर्यटन क्षेत्रमा युनाइटेड नेसन्स वल्र्ड टुरिजम एशोशिएसनले पर्यटक मात्र नभई पर्यटनसम्बन्धि योजनाहरुलाई पनि स्वागत गरिसकेको परिपेक्षमा बोर्डले उद्यमी इनोभेसन्ससँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । 

योजनाहरुले राष्ट्रको पर्यटन विकासमा टेवा पनि पुर्याउने हुनाले इच्छुक उद्यमीहरुबाट निवेदन आह्वान भएकोमा ६१ नियमअनुरुप निवेदन आएको थियो । जस मध्ये, ३४ उत्कृष्ट योजना भएका टोलीहरुलाई अन्र्तवार्तामा समावेश गरिएको थियो र दिइएका मापदण्डहरुमा रहि छनौट टोलीले उत्कृष्ट २० लाई पोखरामा कार्तिक १३ देखि २० सम्म हुन लागि रहेको ६ दिने उद्यमी बुट क्याम्पमा सहभागि गराइनेछ ।

बोर्डका कार्यकारी अधिकृत दिपक राज जोशीका अनुसार पर्यटन उद्यमी सिडक्याम्पले आकांक्षी उद्यमीहरुलाई आफ्नो योजनालाई जाच्ने, परिस्कृत गर्ने सूवर्ण अवसर प्रदान गर्ने र अन्ततः राष्ट्रको २०२०को उद्देश्यलाई समेत योगदान पुर्याउने छ ।

पर्यटन भित्रमै पनि विभिन्न क्षेत्रसँग सम्बन्धित भएका निवेदनहरुलाई सो क्षेत्रहरुमा विभाजन गरि उत्कृष्ट २० टोलीहरु छानिएका र सो टोलीहरुलाई ६ दिने बुट क्याम्पमा आफ्नो योजनामा काम गर्ने अवसर मिल्ने र ६ दिनसम्म विभिन्न विशेषज्ञहरुले आफ्नो सत्रमार्फत तथा मेन्टरिङ गरेर योजनाहरुलाई परिस्कृत गर्न सहयोग गर्नेछन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप