शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तिवारी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको मल्लको दाबी

आइतबार, ०८ साउन २०७४, १२ : ५१
आइतबार, ०८ साउन २०७४

टोकियो – जापान बस्दै आएका पोखराका गोबिन्दप्रसाद तिवारीको ठगी प्रकरणमा संलग्नता रहेको आरोप खेप्दै आएका पत्रकार तिलक मल्लले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । 

फरक सन्दर्भमा तिवारीसंग भएको लेनदेन कारोवार र तिवारीको ठगी धन्दा फरक फरक बिषय एवं प्रसंग भएको भन्दै उनले आफुले मिलाउनुपर्ने हिसाब तिवारीले पीडितहरुलाई बुझाउन लगाएर झुक्याएको बताए । त्यसैको भरमा आफुलाई ‘इमोशनल ब्ल्याकमेलिङ’ गरी जबरजस्ती फसाउन खोजिएको उनको भनाई छ । 

शनिवार टोकियोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘पीडितले न्याय पाउनुपर्छ, दोषीले हदैसम्मको सजायँ पाउनुपर्छ, त्यसका लागि मबाट देखिनेगरी सक्दो पहल हुने छ ।’ 

आकर्षक रोजगारीका लागि जापान ल्याउने प्रलोभन देखाएर करोडौको ठगी गरेको अभियोग तिवारीमाथि छ भने तिवारीको उक्त ठगी धन्दामा मल्ल पनि संलग्न रहेको समाचार सार्वजनिक भएका थिए । तर, मल्ले उक्त समाचारको खण्डन गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप