बुटवलमा १३ जुवाडे पक्राउ, ५ लाख नगद बरामद
बुधबार, १४ कात्तिक २०७५, १२ : २०
बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले ट्राफिकचोक र कालिकानगरबाट १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले बुटवलको ट्राफिकचोक होटल झिमाबाट ८ जना जुवाडे र नगद ३ लाख ९४ हजार रुपयाँ नियन्त्रणमा लिएको छ ।
यस्तै कालिकानगर स्थित कुसुम खड्काको घरबाट ५ जना जुवाडे र ८४ हजार नगद नियन्त्रमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका डि.एस.पी. डिल बहादुर मल्लले बताए ।
जुवा खेलिरहेको अवस्थामा नगद सहित पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालयमा राखिएको र उनीहरुलाई जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया आगडि बढाउने प्रहरीले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद