मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

म्यान्चेस्टर सिटीद्वारा रियलका डिफेन्डर ड्यानिलोलाई अनुबन्ध

आइतबार, ०८ साउन २०७४, १४ : २१
आइतबार, ०८ साउन २०७४

म्यान्चेस्टर – म्यान्चेस्टर सिटीले रियल म्याड्रिडका डिफेन्डर ड्यानिलोलाई २ करोड ६५ लाख पाउण्डमा अनुबन्ध गरेको छ ।


२६ वर्षीय ब्राजिलियन खेलाडीले प्रिमियर लिग क्लबसँग ५ वर्षको करार गरेका छन् । उनी हाल अमेरिकाको भ्रमणमा रहेको सिटीको टोलीसँग जोडिने छन् ।


‘म निकै खुसी छु,’ ड्यानिलोले भने, ‘अन्य क्लबहरुबाट पनि अफरहरु आएका थिए तर, मेरो लक्ष्य भनेको पेप ग्वार्डिओलाका लागि खेल्नु थियो ।’


‘सिटी पनि इच्छुक रहेको थाहा पाएपछि, म अब सिटीको खेलाडी बन्नेछु भन्ने थाहा थियो,’ उनले थपे ।


सिटीले बुधबार रियलको सामना गर्दा ड्यानिलोले डेब्यु गर्न सक्नेछन् ।


सन् २०१५ मा पोर्टोबाट रियल आएका ड्यानिलोले त्यसयता रियलका लागि १७ खेलमा मात्र शुरुवात गरेका छन् । 


ड्यानिलो डिफेन्सको दुवै दायाँ र बाँयाको साथै मिडफिल्डबाट पनि खेल्न सक्ने क्षमता राख्दछन् ।


२ वर्ष रियलमा रहँदा उनले ला लिगा, दुई च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा वल्र्डकपको उपाधि जितेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप