शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा दिनहुँ शव भेटिन थाल्यो

बिहीबार, १५ कात्तिक २०७५, १६ : २५
बिहीबार, १५ कात्तिक २०७५

सिरहा । सिरहाको विन्दाभिन्दै ठाउँमा परिचय नखुलेको दुई शव फेला परेको छ । लहान नपा ३ मटियर्वामा अन्दाजी ३५ वर्षीय जस्तो देखिने एक युवकको शव पानीमा डुवेको अवस्थामा आज (बिहिवार) विहान फेला परेको छ ।

मझौला शरीर भएको, दाह्री जुँगा पालेको, दाहिने पाखुरामा ट्याटु खोपेको, हरियो सेतो कोठे आफ पाइन्ट र सर्ट लगाएको युवकको शव फेला परेको प्रहरीले जनाएको छ । युवकको शव पोष्टमार्टमको लागि लहान अस्पतालमा राखिएको जनाएको छ । 

त्यसैगरी, सिरहा नपा ६ स्थित कमलानदी किनारमा बुधबार अपरान्ह एक अपरिचित युवतीको शव फेला परेको छ । अन्दाजी करिब २५ वर्षकी मधेसीमुलकी देखिने युवतीको शव वुधबार बेलुका फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज खरेलले जानकारी दिए । 

रातो रंगको कुर्ता, कालो सुरुवाल, कालै सुइटर निलो आकाशे रंगको सल लगाएकी युवतीको शवको अझै सनाखत हुन सकेको छैन । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । 

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप