शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिला विश्वकप क्रिकेट : इतिहास रच्ने भारतलाई मौका

आइतबार, ०८ साउन २०७४, १४ : ५०
आइतबार, ०८ साउन २०७४

लण्डन – आयोजक राष्ट्र इंग्ल्याण्ड र भारतबीच महिला विश्वकप क्रिकेटको फाइनल हुँदैछ । बेलायतको लड्र्स क्रिकेट मैदानमा आज दिउँसो खेल हुँदैछ ।


विश्वकपको पहिलो खेलमा भारतसँग पराजित भए यता इंग्ल्याण्डले लगातार ६ वटा खेलमा जित हासिल गरेको छ । 


‘त्यो खेलपछि हामी निकै अघि बढिसकेका छौँ’ इंग्ल्याण्डका फास्ट बलर आन्य स्रुबसोलले भनिन् ,‘हामी सबै मिलेर उत्कृष्ट खेल खेलिरहेका छौँ । आइतबार के हुन्छ, त्यो हेर्न बाँकी छ ।’


यता, भारतले पनि सेमिफाइनलमा ६ पटकको विजेता अस्ट्रेलियालाई हराएको कारण उसको मनोबल उच्च हुनेछ ।


हर्मनप्रीत कौर देखि कप्तान मिथाली राज उत्कृष्ट लयमा देखिएकी छिन् । १२ वर्षपछि विश्वकपको फाइनलमा पुगेको महिला टोलीका प्रत्येक सदस्यका लागि लागि भारतीय क्रिकेट बोर्डले  ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिसकेको छ ।


लर्डसमा हुने खेलमा करिब २७ हजार दर्शन सहभागी हुने बताइएको छ । जुन महिला क्रिकेटका लागि नयाँ किर्तिमान हुनेछ ।


यता,  आइसीसीले पनि प्रतियोगिताको विजेताका लागि दिइँदै आएको २ लाख डलरको पुरस्कार राशी बढाएर २० लाख डलर पुर्याएको छ ।


तथ्यांकमा खेल
–    यदी भारतले आजको फाइनल खेल जिते यो उपाधिमा कब्जा जमाउने भारत मात्र चौँथो राष्ट्र हुनेछ । 


–    इंग्ल्याण्डले आफ्ना पछिल्ला २ विश्वकप फाइनल जितेको छ । सन् १९९३ र २००९ मा दुवै पटक न्युजिल्याण्डलाई हराएको थियो ।


–     भारतले पछिल्ला १९ मध्ये १६ एकदिवसीय खेल जितेको छ ।


–     पछिल्ला चारमध्ये तीन फाइनल पहिलो ब्याटिङ गर्ने टोलीले जितेको छ ।


–     सन् २०१२ पछि दुवै टोलीले एक अर्काविरुद्ध १–१ को जीत निकालेका छन् । 


–    दिप्ती शर्मा महिला विश्वकपमा २ सय पुर्याउने सबैभन्दा कम उमेरकी खेलाडी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप