आइएसओ प्रमाणपत्र पाउने राहदानी विभाग पहिलो सरकारी निकाय
काठमाडौँ -राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय बनेको छ ।
राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय मापदण्डानुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो । विभागमा आज आयोजित कार्यक्रममा ‘आईएसओ ९००१ः २०१५’ प्रमाणपत्र अनावरण गर्दै उपप्रधानमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो निकाय विभाग बन्नु गौरवको विषय भएको बताउनुभयो ।
परराष्ट्रमन्त्री महराले कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको बताउँदै प्राप्त उपलब्धि जोगाउन र अझ उच्च स्थानमा पुग्ने लक्ष्यका साथ काम गर्न विभागका कर्मचारीलाई निर्देशन दिनुभयो ।
“विद्युतीय राहदानी जारी गर्ने सरकारको योजनालाई मूर्त रुप दिन सूचना प्रविधिको प्रचुर ज्ञान आवश्यक छ, धेरै चुनौती पार गर्दै अघि बढ्नुछ”, परिवर्तनशील समयअनुरुप विज्ञान र प्रविधिको क्षेत्रमा आएका नवीन विकासलाई आत्मसात् गर्दै काम गर्नुपर्ने अहिलेको खाँचो औँल्याउँदै उहाँले भन्नुभयो । कर्मचारीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न मन्त्रालयले अवसर उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
परराष्ट्र सचिव शंकरदास वैरागीले पारदर्शिता, व्यावसायिकता र प्रभावकारिता वृद्धिको परिणामस्वरुप विभागले उक्त प्रमाणपत्र पाएको बताउँदै त्यसबाट अन्य सरकारी नियकालाई पनि प्रेरणा मिलेको विचार व्यक्त गर्नुभयो ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्राप्त गर्नु नेपालका निम्ति प्रतिष्ठाको विषय भएको बताउँदै त्यसलाई कायम राख्न विभागलाई अनुरोध गर्नुभयो । विभागका महानिर्देशक रामकाजी खड्काले सेवा प्रवाहमा विभाग दत्तचित्त भएर लागेको भन्दै अझ स्तरीय एवं गुणस्तरयुक्त सेवा जनतालाई उपलब्ध गराउन आफू नेतृत्वको कार्यालय दृढ रहेको बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी