बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पिरतीमा विछोड भएको जोडीलाई सम्झिए टीका र शरणले (भिडियो)

शुक्रबार, १६ कात्तिक २०७५, १३ : ४२
शुक्रबार, १६ कात्तिक २०७५

काठमाडौं – ‘सपनीमा, साथमा सानु, विपनीमा कहाँ छौँ, के जानु !’ गायक शरणकुमार माझीको स्वरमा लय रहेको यो गीत रिलिज भएको छ । 

गाउँको साधारण युवा र युवतीको मायापिरितलाई कथावस्तु बनाइएकोयो गीत भिडियो सहित भर्खर रिलिज गरिएको हो । गीतमा गायक माझी टीका पुनले स्वरमा साथ दिएकी छिन् । 

गायक माझीले यो गीत तिहार आउँदै गरेका बेला रिलिज गरेका हुन् । गीतका शब्द राजीव तामाङको रहेको छ  भने संगीत माझी आफैले दिएका छन् ।

म्युजिक भिडियोको निर्देशन विशाल बैरागीले गरेका छन् । वीरेन्द्र परियार र संगीता क्षत्रीको अघिभनय भिडियोमा देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप