मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माग पूरा नगरे संयुक्त राष्ट्रसंघमा धर्ना दिने ख्रीष्टियन महासंघको चेतावनी

आइतबार, ०८ साउन २०७४, १५ : १३
आइतबार, ०८ साउन २०७४

काठमाण्डौ– राष्ट्रिय ख्रीष्टियन महासंघले सरकारसमक्ष पाँच बुँदे माग राख्दै पूरा नभए संयुक्त राष्ट्रसंघमा गएर धर्ना दिने चेतावनी दिएको छ । 


आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरेर महासंघले आफुहरुको मागप्रति सरकार गम्भीर नभए राष्ट्रियस्तरमा शान्तिपूर्ण आन्दोलनसहित राष्ट्रसंघ र विभिन्न देशका दुतावासमा धर्ना दिने घोषणा गरेको हो । महासंघका अध्यक्ष सिवि गहतराजले आन्दोलनका कार्यक्रम केही दिनमा सार्वजनिक गर्ने बताए । 


सरकारले नेपाली ख्रीष्टियनमाथि अन्याय गरेको आरोप लगाउँदै धर्म प्रचारसँग सम्बन्धत संघ संस्थाको नविकरण रोक्ने संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णय खारेज गर्न माग गरेको छ । महासंघका उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजूद्धार जारी प्रेस विज्ञप्तिमा पाँचवटा माग अघि सारिएको छ ।

 
महासंघले गत वैशाख ३ गते कार्यालय सचिव सन्तोष खड्कामाथि भएको गोली प्रहार र अजम्सन चर्चमा भएको आगजनिको छानविन गर्न माग गरेको छ । महासंघले आफुहरुमाथि भएको अत्याचारको विषयमा सरकारले छानविन नगरेको भन्दै आपत्ति जनाएको हो । 


त्यस्तै सरकारसँग भएको ३ बुँदे र ६ बुँदे सहमति कार्यान्वयका लागि उच्च स्तरीय समिति बनाउन समेत महासंघले माग गरेको छ । गत जेठ ७ गते सिलोआम बाँसबारी टुपेक चर्चमा भएको घटनाको छानविन गर्न पनि माग गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप