बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

महतो मारिएपछि बहुअर्वामा व्यापक रुपमा प्रहरी परिचालन, शव नबुझ्ने अमरेशसिंहको अडान

शुक्रबार, १६ कात्तिक २०७५, १७ : ०९
शुक्रबार, १६ कात्तिक २०७५

किरणकुमार कर्ण

मलंगवा– सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ४ स्थित बहुअर्वा गाउँमा केही दिनअघि भएको घटनापछि अहिले व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । केही दिनअघि कांग्रेस कार्यकर्ता रामविलाश महतोमाथि भएको गोली प्रहारबाट उनी मारिएका थिए । उनी वडाध्यक्ष रामनरेश महतोका काका हुन् ।

त्यसपछि अहिले सो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ । कांग्रेसले मारिएका आफ्ना कार्यकर्ता महतोको शव जिम्मा लिएको छ । सो पार्टीले महतोको हत्या नेकपाका कार्यकर्ताले गरेको र हत्यामा संलग्नहरुमाथि कार्वाही नगरेसम्म शव जिम्मा नलिने अडान राखेपछि बहुअर्वा गाउँ अहिले अशान्त देखिएको छ । व्यापक रुपमा प्रहरी परिचालन भएका छन् । 
 
केही दिनअघि भएको झडमा अधिकांश कांग्रेस कार्यकर्ताका घर तोडफोड भएको जनाइएको छ । त्यसपछि अहिले गाउमा सशस्त्र र जनपथ प्रहरीको बाक्लो उपस्थिति रहने गरेको छ । दैनिक रुपमा जति साँझ पर्दै गयो, प्रहरी गाडीको पेट्रोलिंग र प्रहरीहरुको गस्ती पनि त्यत्तिनै बाक्लिँदै जाने स्थानीयवासीहरु बताउँछन् ।

यस्तो देखिन्छ बहुअवा गाउँको दृष्य   

गाउँ एक प्रकारले सुनसान नै देखिन्छछ । शुक्रबार मात्र केही यूवाहरु वडाध्यक्ष रामनरेश महतोको घरभन्दा करिब २ सय मिटरको दुरीमा जम्मा भएका थिए । तर प्रहरीको गस्ती देखेपछि ४÷५ जनाको समुहमा रहेका यूवाहरु छेउ लागे । घटनाबारे कोहि पनि  बोल्न चाहेनन् । सबै चुपचाप थिए ।

उनीहरुले घर तोडफोड भएको भन्दै छानोमाथि देखाउँदै भने मानिसहरु घरमा छैनन् । उनीहरु अन्यत्र गइसकेका छन् । प्रायः घरको छानो टाली वा खपडाले छारिएको छ भने केहि घरहरु खरले पनि छारेको छ । तर बहुअर्वा गाउमा वडाध्यक्ष रामनरेश महतोको घर वरिपरि र उनको घरभन्दा ५ सय मिटरमा पर्ने अधिकांश एक दर्जनभन्दा बढी घरहरुमा आक्रमण भएको देखिन्छ । तोडफोड भएका घरमा मानिस देखिदैनन् । 

वडाध्यक्ष महतो लगायत गोली लागि घाइते भएका ७ जना सहितको अहिले सर्लाहीस्थित अस्पतालमा उपचार भइरहेका छन् । महतोको खुट्टा र टाउकोमा चोट लागेको छ । उनको टाउकोमा १० वटा टाका लागेको छ । मारिएका रामविलास महतोको शव मलंगवास्थित जिल्ला अस्पतालमै राखिएको छ ।

दोषीलाई पक्राउ, शहिद घोषणा, क्षतिपूर्तिको व्यवस्था, घाइतेको उपचारको व्यवस्था नभएसम्म आफुहरु शव नबुझ्ने पक्षमा रहेको संघीय सांसद अमरेशकुमार सिंह बताउँछन् । उनले जबसम्म नेकपाका कार्यकर्तालाई पक्राउ पर्दैनन्, तबसम्म शव नबुझ्ने भन्दै शवको राजनीतिक गर्न लागिएको आरोप लगाए । 

उता, नेकपाका नेता राजकुमार यादवले दोषीलाई कारवाही हुनुपर्ने बताउँदै लाशको राजनीति गलत मानसिकताको उपज भएको आरोप लगाए ।

यता, स्थानीयवासीहरु भने कांग्रेस र नेकपाको चपेटमा परेका छन् । उनीहरु यस घटनाबारे खासै केही बोल्दैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप