बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रिपरिषद् विस्तार सोमवार : प्रचण्ड

आइतबार, ०८ साउन २०७४, १५ : ४२
आइतबार, ०८ साउन २०७४


काठमाडौं -सत्तारुढ दल माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डले भोलि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

पार्टीको केन्द्रीय सचिवालयको विस्तारित वैठकका निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अव मन्त्रिपरिषद् विस्तारमा ढिलाई नहुने बताए ।

प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईप्रति आज विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गुनासो गरेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप