शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता : छोराको माया

शनिबार, १७ कात्तिक २०७५, ०८ : ५६
शनिबार, १७ कात्तिक २०७५

-राकेश कार्की  
    
दिलको टुकडो हो छोरो
उसको भविष्य बनाउन
गाउँदेखि सहरको बोर्डिङ स्कुलमा
ल्याएर छोड्न लाग्दा
बिचरो छोरो 
आमाको हात समातेर
पिलपिल गर्दै
एकछिन पछि 
भक्कानिएर रोएको थियो
‘आमा मलाई छोडेर नजानू’ भनेर

यति सानो छोरोलाई 
पहिलो चोटि
यति पर छोडेर जान
हृदय चरक्क चिरिएर
छोरो सँगसँगै
आमा पनि रूनु भएको थियो
छोरोलाई अँगालो हाल्दै
धेरै धेरै माया गर्दै
‘बाबु राम्ररी पढ्नू,
म चाँडै लिन आउछु’ भनेर

धेरै वर्ष बितिसकेछ
छोरोको जागिर सरूवा बढुवा
मगनी बिहे ससुराली
चहलपहल हाँसी खुसी
आँगनमा खेल्ने नाति नातिना

त्यसपछि आमाको उमेर
दिनदिनै ढल्किँदै ढल्किँदै
बूढी भएर
अहिले हजुर आमा
भइसक्नु भएछ
बेलुकीको घाम जस्तो
न त तातो आउने
न त उज्यालो बढ्दै जाने

दिनरात बित्दै गयो
ऋतुहरु फेरिँदै गए
अनि आज 
छोरोले आफ्नी जन्मदिने आमालाई
वृद्धाश्रममा छोड्न जाँदा
अहँ आमा छोरोको हात समातेर 
पिलपिल गरेर 
रूनु भएन
‘छोरा मलाई छोडेर नजाऊ’ भनेर

त्यतिखेर पनि आमालाई
याद आयो त केवल
त्यही छोरोको माया 

छोरो नजिक नहुँदा
हर समय अब
छोरोकै याद आइरहने भयो ।।

लस एन्जेलस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप