कविता : नयाँ नाइकेहरू
-लोकेन्द्र भण्डारी
ऊ र म
सँगै हो
यात्रामा हिँडेको
यात्रामा कलिला नानी बोकेका
आमाहरू पनि थिए
सग्ला सपना बोकेका
आधा भाँचिएका मान्छेहरू थिए
त्यहाँ युग बदल्ने
सपनाहरू बाँडियो
हामी सबै सबैलाई
समय फेरिने सपनाले
पागल बनाइदियो
हामी मार्न तयार भयौं
हामी मारिन तयार भयौं ।
समाज बदल्ने
रङ्गीन सपनाहरू बाँडेर
समृद्धिको मीठो परिकल्पनामा
डुबाएर
हामीलाई एउटा भयानक
सङ्ग्राममा खटाउने
त्यही मान्छे हो
जो आज
आफू समृद्ध भयो
र
दुनियाँ कङ्गाल बनाएर
छाडिदियो ।
उसले हामीलाई
साम्यवाद घोकायो
समाजवाद घोकायो
आफू अचेल मालिक बनेको छ
पुँजीको महमा डुबेको छ
भ्रष्टको लहलहमा डुबेको छ
उसले पढाएको
आदर्श र दर्शन
फगत उसको स्वार्थ रहेछ
विचरा प्रधान बाको
दुहुनु भैँसी लिएर
उसलाई ह्याकुलो छानीछानी
ख्वाएको सम्झिँदा
हीनताको रापिलो आगोले पोल्छ
मन अमिलो भएर सम्झिन्छ
नाइके बाको
घरखेत लुटिएपछि
डोकोमा थाङ्नाहरू बोकेर
नाइके बा
आमाभन्दा प्रिय
आफ्नो जन्मभूमि छोडेको
धमिलो दृश्यले
ठीक त्यही ठाउँमा
अचेल त्यही सङ्ग्रामको
मेरो सहयात्री
अर्को नाइके बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट