कविता : मूल्य
-अजित क्षेत्री
तिम्रो क्यानभाषको आयातन
बढेको पक्कै हो–
जब तिम्रा कुचीले कामुक मुस्कानवाली
विश्वसुन्दरीको चित्र दुरुस्तै कोरेको थियो
तिम्रो क्यानभाषको मूल्य आकासिएको पक्कै हो
जब त्यसमा कोरिए–
नामुद नगरबधुको मोहनी मुस्कान
चर्चित नेताको मुखाकृति
दरबारमार्गको बुढो शिरिषको रूख
सिंहदरबार अगाडिका पृथ्वीनारायणको चौर औँला
र माक्र्स लेलिनका जुँगे तस्बिर
सहरले तिमीलाई रातारात महान बनायो
तिम्रा सबै पेन्टिङ हातहातै बिक्री भए
मनग्य पैसा कमायौ
सुनें, ठमेलको विदेशी होटलमा सक्सेस पार्टी दियौँ
तिम्रो सम्मानमा स्याम्पेन खोलिए
ताली बजाइए
सुत्न लागेको सहर एकपल्ट पुनः बिउँझियो
तिमीलाई महान चित्रकारको उपाधि दियो ।
तर
ओ महान चित्रकार महोदय,
तिम्रो घरको एउटा कुनामा
वर्षौंदेखि थन्क्याएर
बेवास्ता साथ फालिएकी म
तिमी मातेर फर्कँदा
तिम्रो ह्विस्कीको तातो नमीठो हस्कोले
हरेक रात निसास्सिई रहेकी छु
तिम्रो उत्तेजनाको डम्पिङ साइट भएर
हरेक पटक म आफ्नै मृत्युको उत्सव
मनाइरहेछु
मध्यरातमा केही मिनेटको उपयोगपछि
म फेरि उपयोगहीन हुन्छु अर्को मध्यरातसम्म ।
मलाई यी रातहरु
वेश्यालयका नियमित ग्राहक जस्ता लाग्छन् ।
सक्छौ भने मलाई पनि फ्रेममा सजाएर
प्रदर्शनीमा राखिदेऊ न
म आफ्नो मूल्य जान्न चाहन्छु
-स्याङ्जा, हाल : यूएई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको संसद बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी