विशिष्ट गीति पुरस्कारबाट बास्कोटा पुरस्कृत
काठमाडौं – वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बास्कोटा ‘अनेसास राष्ट्रकवि माधव घिमिरे विशिष्ट गीत पुरस्कार–२०७५’ बाट पुरस्कृत भएका छन् ।
काठमाडौंमा एक समारोहबीच अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का तर्फबाट २१ हजार १०० रुपैयाँ सहित बास्कोटालाई पुरस्कृत गरिएको हो ।
सोही कार्यक्रममा अनेसास विशिष्ट सम्मान २०७५ बाट संस्कृतिविद चेनत कार्कीलाई सम्मानित गरियो । कार्यक्रममा अनेसास योगदान सम्मानबाट कवि तोया गुरुङ र साहित्यकार डा. रामदयाल राकेश समानित भए ।
अनेसास नवरत्न सम्मानबाट गीतकार एवम् प्राज्ञ उन्नती बोहरा ‘सिला’, गायिका हरिदेबी कोईराला, कवि लक्ष्मी माली, युवा नाट्यकर्मी सम्पदा मल्ल सम्मानित भए ।
कार्यक्रममा प्राज्ञ एवम् गीतकार उन्नती बोहरा सिलाको गीति पुस्तक ‘फर्की आउ शान्ति तिमी’ र कथाकार अर्जुन थापाको कथासँग्रह ‘नाम मात्रको लोग्ने’ को बिमोचन अनेसासका अध्यक्ष राधेश्याम लेकाली, बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, संस्कृतिविद् चेतन कार्की, कथाकार मायाँ ठकुरीले लगायतले गरे ।
अनेसास बोष्टन च्याप्टरले हालै आयोजना गरेको कविता प्रतियोगितामा प्रथम भएका छन्द कविता तर्फका हरि भट्ट, गद्य कविता तर्फका सुदर्शन पौडेल र गजल तर्फका बिजेता पुरु लम्साललाई जनही २३ हजार २ सय रुपैयाँ सहितको पुरस्कार प्रदान गरियो ।
यस्तै अनेसास वर्ष उत्कृष्ट पुस्तक पुरस्कार ४० हजार रुपैयाँ सहित उपन्यासतर्फ पद्मावती सिंहलाई प्रदान गरियो ।
जनही २० हजार रुपैयाँ सहितको वर्षको उत्कृष्ट पुस्तक पुरस्कार कविताबाट रामजी ज्ञवाली, मुक्ति प्रसाद उपाध्याय, सागर मुखियालाई र कथा तर्फ नरेन्द्र राज पौडेललाई प्रदान गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल