बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संस्थानको चामल बिक्री हुन सकेन

आइतबार, १८ कात्तिक २०७५, १२ : १७
आइतबार, १८ कात्तिक २०७५

धनगढी– खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन ।
 

खाद्य संस्थानले निर्धारण गरेको मूल्यभन्दा बजारमा सस्तोमा चामल पाउन थालेपछि बिक्री हुन नसकेको हो । 

सदरमुकाम मार्तडीस्थित खाद्य संस्थानको गोदाममा दुई सय क्विन्टल चामल र एक सय क्विन्टल गहुँ मौज्दात रहेको कार्यालयका कर्मचारी परे रावलले जानकारी दिए । 

“बजारमा सस्तोमा चामल पाउँदा संस्थानको चामल बिक्री हुन सकेको छैन,” उनले भने । बजारमा मोटो चामल प्रतिकिलो रु ३८ मा बिक्री भइरहेको छ भने संस्थानले रु ३९ तोकेको छ ।

संस्थानले सोना मन्सुली चामल प्रतिकिलो रु ४८ तथा जिरा मसिनो चामल रु ६२ बिक्री गरिरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप