बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१३.७० अंकले घट्यो शेयर बजार

आइतबार, १८ कात्तिक २०७५, १६ : ०७
आइतबार, १८ कात्तिक २०७५

काठमाडौं–सेयर बजारमा आइतबार १३.७० अंकको गिरावट आएको छ । समग्रमा बजार १.१२ प्रतिशतले घटेको हो ।

 यस दिन ५६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा १ सय ५४ कम्पनी सामेल थिए । 

अन्य समुह ४.२३ अंकले बढेको छ भने बाँकी रहेका सबै समुहमा गिरावट आएको छ । सबैभन्दा बढी जीवन बिमातर्फ ८७.५२ अंकको गिरावट छ भने नीर्जिबन बीमातर्फ ६५.३९ अंकको गिरावट छ । 

आज सबैभन्दा बढी माछापुछ्रे बैंकको संस्थापक सेयरको कारोबार भएको छ । यसको मात्र १६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । 

यता दोस्रो बढी कारोबार हुनेमा निर्धन उत्थान बैंकको संस्थापक सेयर रहेको छ । यसको ११ करोड ८ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 

तेस्रो बढीमा प्रभु बैंकको ४ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप