बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वाइट हाउसका पूर्व प्रेस सेक्रेटरीमाथि फ्रिज चोरेको आरोप

आइतबार, ०८ साउन २०७४, १६ : ४२
आइतबार, ०८ साउन २०७४

वासिङ्गटन– ह्वाइट हाउसका पूर्व प्रेस सेक्रेटरी सन स्पाइसरमाथि आफ्ना जुनियर स्टाफबाट मिनी फ्रिज चोरेको आरोप लागेको छ । अँध्यारोको फाइदा उठाउँदै उनले चोरी गरेको समाचारमा उल्लेख गरिएको छ ।


ह्वाइट हाउसको प्रेस सेक्रेटरी नियुक्त भएको एक महिनाभित्र यो घटना भएको वाल स्ट्रिट जर्नलले घटनासँग सम्बन्धि व्यक्तिहरुलाई उद्धृत गर्दै जनाएको छ । स्पाइसरले गत शुक्रबार उक्त पदबाट राजीनामा दिएका छन् ।


ह्वाइट ह्वाउसको पश्चिम क्षेत्रमा रहेको उनको अफिसमा खानेकुरा र पेय पदार्थ राख्न मिनिफ्रिज चाहिएको थियो । उनले फ्रिज पत्ता लगाउन आफ्ना सहयोगीलाई लगाएका थिए ।


आइसेनहोवर एक्जेक्युटिभ अफिसमा जुनियर कर्मचारीहरुको सानो कार्यालयमा ती सहयोगीले मिनी फ्रिज रहेको पत्ता लगाएका थिए ।


सहयोगीले स्पाइसरलाई उक्त फ्रिज चाहिएको बताए पनि जुनियर कर्मचारीहरुले त्यसलाई दिन अस्वीकार गरेका थिए ।


तर, रातपरेपछि स्पाइसरले अँध्यारोको फाइदा उठाउँदै त्यहाँ पुगेर उक्त मिनीफ्रिज झिकेर आफ्नो कार्यकक्षमा ल्याएको समाचारमा आरोप लगाइएको छ ।


करिब ८ बजेतिर उनले फ्रिजलाई लाँदै गरेको ह्वाइट हाउसका केही कर्मचारीले देखेको बताइएको छ ।


स्पाइसरले यसबारेमा केही प्रतिक्रिया दिएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप