बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निलमको ‘कति सुहायो कालो कोटमा’ (भिडियो )

आइतबार, १८ कात्तिक २०७५, १७ : २७
आइतबार, १८ कात्तिक २०७५

काठमाडौं– संगीतकार तथा गायिका निलम रोजु राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि मात्र ‘मलाई हजुरले लाएको टोपी मनपर्यो’ गीतको भिडियो ल्याएकी निलमले यसपटक ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको गीत ल्याएकी छन् । 

गीतकार समेत रहेकी निलमको ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको नयाँ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वरमात्र नभएर शब्द तथा संगीत पनि उनैको रहेको छ ।

निलमलाई स्वरमा गायक सुरेश लामाले साथ दिएका छन् । संगीतकार निलमले ‘कति सुहायो त्यो कालो कोटमा’ गीतलाई पुर्वेली लोक–फ्लेवरमा ढालेकी छन् । उक्त गीतले कालो कोट लगाउनेहरुलाई प्रशंसा गरेको छ । ‘घुमिफिरी रुम्झाटार’ भनेजस्तै गीतको आशय माया–प्रेममै केन्द्रीत छ ।

‘कति सुहायो त्यो कालो कोटमा’ बोलको यस गीतको भिडियोलाई नृत्य निर्देशक कमल राई निर्देशन गरेका हुन् । उक्त गीतमा दक्षकुमार राई, कला राई, पवन पाठकलगायतका कलाकारले अभिनय गरेका छन् । 

युवराज राईले खिचेको ‘कति सुहायो त्यो कालो कोटमा’ भिडियोमा कोरस डान्सहरुको प्रयोग गरेर फिल्मी शैली अपनाइएको छ । जसलाई दर्शक तथा श्रोताले रुचाउने अपेक्षा संगीतकार तथा गायिका निलमले गरेकी छन् 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप