बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवलाई अध्यक्ष मान्न सकिन्न : नयाँ शक्ति नेता

आइतबार, ०८ साउन २०७४, १७ : ०५
आइतबार, ०८ साउन २०७४

काठमाडौं–बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता  घोषणा गर्ने तयारी चलिरहेकै बेला नयाँ शक्ति पार्टीमा विवाद सुरु भएको छ । 


सो पार्टीका केहि  नेताहरुले पार्टी एकतापछि उपेन्द्र यादवलाई अध्यक्ष बनाउने तयारी गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । 


नयाँ शक्तिका आर्थिक विभाग प्रमुख सुनिल खड्कासहितका नेताहरुले कुनै पनि हालतमा उपेन्द्र यादवलाई पार्टी अध्यक्ष नसकिने बताएका छन् । उनीहरुले यथास्थितिमा पार्टी एकता हुन नसक्ने भन्दै जबरजस्ती गरिए  विद्रोह गर्ने चेतावनी दिएका छन् । 


खड्काले भनेका छन्, ‘वर्तमान अवस्थामा पार्टी एक हुन सक्दैन र उपेन्द्र यादवजीलाई पार्टीको अध्यक्ष स्विकार्न पनि सकिन् । पार्टीको पहिलो अधिवेशन नै नभई यदि यस्तो निर्णय गरिनु गलत हो, पार्टीले जिम्मेवारी दिएका खण्डमा आफैं नेतृत्व लिन तयार छु ।’


एकताका विषयलाई लिएर नयाँ शक्तिभित्र विवाद देखिएपनि एकीकरणको लागि दुवै पक्षबाट गठन भएको वार्ता टोलीले भने आ–आफ्नो पार्टीमा प्रतिवेदन बुझाई सकेका छन् । 


एकीकरणका लागि पार्टीका सिद्धान्त, विचार, नाम, झण्डा र चुनाव चिन्हको बारेमा समेत छलफल गरी दुवैतर्फबाट वार्ता समितिले आ–आफ्नो पार्टीलाई जानकारी गराइसकेको छ ।


अब केही प्राविधिक कुरा मात्र टुगों लगाउन बाँकी छ जो अध्यक्षस्तरमा टुगों लगाउने नयाँ शक्ति पार्टी स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप