बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ठूला विद्यालयका विद्यार्थी नयाँ अन्वेषण गर्न विदेश भ्रमणमा

आइतबार, ०८ साउन २०७४, १७ : ४५
आइतबार, ०८ साउन २०७४

यूलेन्सका ४२ विद्यार्थीलाई अमेरिका भ्रमणको अवसर

काठमाडौं– काठमाडौंका ठूला विद्यालयले पाठ्यक्रमकै अंशका रुपमा विद्यार्थी भ्रमणमा लगानी गर्न थालेका छन् । सर्वाधिक प्रतिक्षारत वार्षिक अन्तर्राष्ट्रिय भ्रमण कार्यक्रमका रुपमा आफ्ना विद्यार्थीलाई अमेरिका भ्रमणमा लैजादा यूलेन्स स्कुलले हर्ष ब्यक्त गरेका छन् ।

यूलेन्स स्कूलमा अध्ययनरत ४२ हाईस्कूल विद्यार्थीहरु जुलाई २१ देखि अगष्ट ४ सम्म अमेरिका भ्रमणमा जाँदैछन् । भ्रमणमा रहेका विद्यार्थीले न्यूयोर्क, ओरल्यान्डो, मियामी, वासिङगटन डिसी लगायत स्थानको भ्रमण गर्नेछन् । 

यो भ्रमणको मुल उद्देश्य विद्यार्थीहरुलाई नासाको रकेट स्पेस कार्यक्रमबारे ज्ञान दिने तथा अमेरिकाका विभिन्न स्थानको भ्रमण गरी त्यहाँको संस्कृति जान्ने अवसर प्रदान गर्नु हो ।

विद्यार्थीहरुले नासा केन्नेडी स्पेस सेन्टर, स्मिथसोनियन म्यूजियम अफ नेशनल हिष्ट्री, यूएन हेडक्वाटर, वाल स्ट्रिट, म्याडम टूसाउड व्याक्स म्यूजिम लगायत स्थानको भ्रमण तथा अवलोकन गर्ने जानकारी दिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप